डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने काम भइरहेको छ– स्वास्थ्यमन्त्री यादव | Khabarhub Khabarhub

डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने काम भइरहेको छ– स्वास्थ्यमन्त्री यादव


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले ५६ वटा जिल्लाका ५ हजार बढि डेंगु संक्रमित रहेको जानकारी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा डेंगु रोगका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ५६ जिल्लामा ५ हजार ९५ जनामा डेंगुको संक्रमण देखिएको जानकारी दिएका हुन् ।  डेंगुका कारण यो वर्ष ६ जनाको मृत्यु भएको समेत मन्त्री यादवले संसदमा जानकारी गराए ।

मन्त्री यादवले नेपालका लागि मात्रै नभएर विश्वकै लागि डेंगुको संक्रमण चुनौती बनेको बताए । नेपालमा २०६१ सालमा पहिलोपटक चितवनमा डेंगु देखिएको मन्त्री यादवले जानकारी दिए । हरेक वर्ष संसारमा २९ करोडमा संक्रमण देखिने गरेको र २० हजारको मृत्यु हुने गरेको तथ्याङ्क समेत यादवले प्रस्तुत गरे ।

एसियाका सबै देशमा डेंगुको संक्रमण देखिएको भन्दै मन्त्री यादवले न्यून रुपमा मात्रै नेपालमा देखिएको भन्दै आपतकालीन स्थितिको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताए ।

नियन्त्रणका लागि चुनौतीका रुपमा रहेको भए पनि सरकारले नियन्त्रण गर्न सक्षम रहेको मन्त्री यादवले बताए । जापानिज इन्सेफ्लाइटिसको नियन्त्रण गरेको स्मरण गर्दै मन्त्री यादवले हात्तीपाइलेको समेत नियन्त्रण गरेको दाबी गरे ।

मलेरियाको संक्रमणबाट मृत्यु हुनेको संख्या समेत घटेको भन्दै मन्त्री यादवले डेंगुको कुनै औषधी नभएको भन्दै लामखुट्टेको नियन्त्रण गर्न मात्रै सम्भव रहेको बताए । उनले लामखुट्टे नियन्त्रणका लागि स्थानीय सरकार समेतको सहभागितामा काम भइरहेको बताए ।

गतवर्ष डेंगु देखिएका जिल्लाहरुमा लामखुट्टे मार्न‘सर्च एण्ड डिस्ट्रोय’ अभियानका लागि संघीय सरकारले १ करोड ६६ लाख र ६ करोड १७ लाख प्रदेशमा पठाइसकिएको उनले बताए । उनले स्थानीय सरकारहरुले समेत ‘लामखुट्टटे खोज र नष्ट गर अभियान’ सञ्चालन गरिरहेको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  २ : ०० बजे

‘५०० टेक’ चर्चाबारे मिस पबीको स्पष्टीकरण यस्तो, ‘माग्ने राजा’ फिल्म नै नहेर्ने !

काठमाडौं – ‘माग्ने राजा’मा ‘अभिनय गर्न नसकेका कारण पवित्रा सान्की

दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने

दोलखा– पशु सेवा कार्यालय दोलखाले आउँदो भदौ १ गतेदेखि ७

 स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : प्रशासनमन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह

प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी