त्रिशुलीको भेलमा ‘तेस्रो ट्राई एडभेन्चर’, आर्मी बन्यो पहिलो « Khabarhub

त्रिशुलीको भेलमा ‘तेस्रो ट्राई एडभेन्चर’, आर्मी बन्यो पहिलो


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानसेनापति तेस्रो ट्राई एडभेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली प्रथम भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रथम हुने टोलीलाई बुधबार आयोजित समारोहमा एक लाख नगद र शिल्ड प्रदान गरे। वैरेनीदेखि चरौँदीसम्म कूल ४३.७ किलोमिटर क्षेत्रमा सञ्चालन भएको उक्त प्रतियोगितामा ६.७ किमी दौड, २६ किमी साइकल र ११ किमी र्‍याफ्टिङ कायम गरिएको थियो ।

नेपाल भ्रमण २०२० लाई सफल तुलाउन सघाउ पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगीता दुई घण्टा २० मिनेटमा दूरी पार गरेर त्रिभुवन आर्मी क्लब पहिलो भएको हो । प्रतियोगितामा दोस्रो र तेस्रो हुने भारतीय सेनाको ‘ए’ र ‘बी’ टोलीलाई क्रमशः एक लाख र ७५ हजार तथा प्रमणपत्र प्रदान गरियो ।

सिमसिमे पानी परेर हिलाम्य उकालो र ओरालो बाटो दौडेर पार गरेपछि साइकल चलाएर दौडिएका कयाैं प्रतियोगीले २६ किलोमिटर चिप्लो र हिलो सडक पार गर्न हम्मेहम्मे परेको थियो । साइकल यात्रा पूरा गरेसँगै त्रिशूलीको उर्लंदो भेलमा ११ किलोमिटर र्‍याफ्टिङ चलाएर प्रतियोगी चरौँदी पुगेका थिए ।

प्रतियोगितामा महिलाको तीन टोलीले प्रतिस्पर्धा गरेकामा सफल महिलाको राष्ट्रिय ट्राइथलन टोलीलाई ५० हजार नगद प्रदान गरियो । महिलातर्फ दोस्रो हुने प्याडल्स नेपाल टोली ‘पी’ लाई ३० हजार नगद र प्रमाणपत्र प्रदान गरियो ।

पाँच विदेशीसहित प्रतियोगितामा १५ टोलीले प्रतिस्पर्धा गरेका थिए । भारतीय सेनाका दुई र बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सका एक–एक टोलीले प्रतियोगीतामा भाग लिएका थिए । माल्दिभ्स र भारतले पहिलो पटक सहभागिता हुन भने पाकिस्तानबाट ‘अब्जरभर’का रुपमा एक जनाको सहभागिता थियो । प्रतियोगिताको ‘बेष्ट इन्टरनेशनल अवार्ड’ भारतीय टोलीलाई प्रदान गरियो ।

नेपाली सेनाको दुई टोलीले भाग लिएकामा अर्काे टोलीले चौथो स्थान प्राप्त गरेको थियो । नेपाली सेना बाहेक अन्य विभागीय टोलीले यो प्रतिस्पर्धामा भाग लिएका थिएनन् ।

नेपाली सेनाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन विभिन्न देशका सैनिकको सहभागितामा मुलुकका विभिन्न भागमा लिगलिगे दौडदेखि सगरमाथा आरोहणसम्मका प्रतियोगिता राखेको हो । सहभागी प्रतियोगिहरुलाई बलाधिकृत रथी शरद गिरीले पदक तथा प्रमाणपत्र प्रदान गरे । बलाध्यक्ष रथी गौरव तण्डुलले आयोजकलाई कदरपत्र प्रदान गरेका थिए ।

विसं २०७१ देखि स्वदेशी टोलीको सहभागितामा राष्ट्रियस्तरमा सञ्चालन हुँदै आएको सो प्रतियोगितामा २०७४ बाट विदेशी सैनिक टोलीको समेत सहभागिता रहँदै आएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : २३ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि