त्रिशुलीको भेलमा ‘तेस्रो ट्राई एडभेन्चर’, आर्मी बन्यो पहिलो « Khabarhub

त्रिशुलीको भेलमा ‘तेस्रो ट्राई एडभेन्चर’, आर्मी बन्यो पहिलो


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानसेनापति तेस्रो ट्राई एडभेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली प्रथम भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रथम हुने टोलीलाई बुधबार आयोजित समारोहमा एक लाख नगद र शिल्ड प्रदान गरे। वैरेनीदेखि चरौँदीसम्म कूल ४३.७ किलोमिटर क्षेत्रमा सञ्चालन भएको उक्त प्रतियोगितामा ६.७ किमी दौड, २६ किमी साइकल र ११ किमी र्‍याफ्टिङ कायम गरिएको थियो ।

नेपाल भ्रमण २०२० लाई सफल तुलाउन सघाउ पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगीता दुई घण्टा २० मिनेटमा दूरी पार गरेर त्रिभुवन आर्मी क्लब पहिलो भएको हो । प्रतियोगितामा दोस्रो र तेस्रो हुने भारतीय सेनाको ‘ए’ र ‘बी’ टोलीलाई क्रमशः एक लाख र ७५ हजार तथा प्रमणपत्र प्रदान गरियो ।

सिमसिमे पानी परेर हिलाम्य उकालो र ओरालो बाटो दौडेर पार गरेपछि साइकल चलाएर दौडिएका कयाैं प्रतियोगीले २६ किलोमिटर चिप्लो र हिलो सडक पार गर्न हम्मेहम्मे परेको थियो । साइकल यात्रा पूरा गरेसँगै त्रिशूलीको उर्लंदो भेलमा ११ किलोमिटर र्‍याफ्टिङ चलाएर प्रतियोगी चरौँदी पुगेका थिए ।

प्रतियोगितामा महिलाको तीन टोलीले प्रतिस्पर्धा गरेकामा सफल महिलाको राष्ट्रिय ट्राइथलन टोलीलाई ५० हजार नगद प्रदान गरियो । महिलातर्फ दोस्रो हुने प्याडल्स नेपाल टोली ‘पी’ लाई ३० हजार नगद र प्रमाणपत्र प्रदान गरियो ।

पाँच विदेशीसहित प्रतियोगितामा १५ टोलीले प्रतिस्पर्धा गरेका थिए । भारतीय सेनाका दुई र बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सका एक–एक टोलीले प्रतियोगीतामा भाग लिएका थिए । माल्दिभ्स र भारतले पहिलो पटक सहभागिता हुन भने पाकिस्तानबाट ‘अब्जरभर’का रुपमा एक जनाको सहभागिता थियो । प्रतियोगिताको ‘बेष्ट इन्टरनेशनल अवार्ड’ भारतीय टोलीलाई प्रदान गरियो ।

नेपाली सेनाको दुई टोलीले भाग लिएकामा अर्काे टोलीले चौथो स्थान प्राप्त गरेको थियो । नेपाली सेना बाहेक अन्य विभागीय टोलीले यो प्रतिस्पर्धामा भाग लिएका थिएनन् ।

नेपाली सेनाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन विभिन्न देशका सैनिकको सहभागितामा मुलुकका विभिन्न भागमा लिगलिगे दौडदेखि सगरमाथा आरोहणसम्मका प्रतियोगिता राखेको हो । सहभागी प्रतियोगिहरुलाई बलाधिकृत रथी शरद गिरीले पदक तथा प्रमाणपत्र प्रदान गरे । बलाध्यक्ष रथी गौरव तण्डुलले आयोजकलाई कदरपत्र प्रदान गरेका थिए ।

विसं २०७१ देखि स्वदेशी टोलीको सहभागितामा राष्ट्रियस्तरमा सञ्चालन हुँदै आएको सो प्रतियोगितामा २०७४ बाट विदेशी सैनिक टोलीको समेत सहभागिता रहँदै आएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : २३ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन