धितोपत्र बजार आज पनि उकालो | Khabarhub Khabarhub

धितोपत्र बजार आज पनि उकालो


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा मंगलबार झण्डै २७ अंकले उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि सोही लयमा अगाडि बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार कारोवार मापक नेप्से परिसूचक २२.६३ अंकले बढेर एक हजार १७३.४२ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.६४ प्रतिशत अर्थात् ४.१३ अंकले वृद्धि भई २५५.७० मा पुगेको छ ।

बुधबार कूल १७१ कम्पनीका १६ लाख ४५ हजार ८७७ कित्ता शेयर रु ४७ करोड ६८ लाख ३३ हजार ८४७ मा खरीद बिक्री भयो । कारोवार भएका कूल ११ समूहकै शेयर आज उकालो लागेको छ ।

बैंकिङ १८.७, होटल ६९.४८, विकास बैंक १०.२६, जलविद्युत् ११.४९, वित्त २.२३, निर्जीवन बीमा १४३.०८, उत्पादन ७३.८४, अन्य १२.५९, लघुवित्त ३२.५१, जीवन बीमा १७१.९, सामूहिक लगानी कोष ०.०१ अंकले बढेको छ ।

कारोवार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६ करोड २४ लाख २७ हजार ७९३ मा कारोवार भयो । त्यस्तै सिद्धार्थ बैंकको शेयर रु चार करोड ४८ लाख २९ हजार ५६९, नेपाल बैंक लिमिटेडको रु दुई करोड ६० लाख २९ हजार ६९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड १८ लाख ३४ हजार ८१५ र सनराइज बैंक लिमिटेडको शेयर रु एक करोड ५७ लाख ७९ हजार ६३८ मा खरीद बिक्री भए ।

समग्र परिसूचक बढे पनि कर्णाली विकास बैंकका शेयरधनीले ४.५४ प्रतिशतले गुमाए । त्यस्तै नाग्दी ग्रुप पावर ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ३.५३, एक्सेल डेभलपमेन्ट बैंक ३.३० र नविल इक्विटी फण्डका शेयरधनीले २.८० प्रतिशतका दरले गुमाए ।

सिन्धु विकास बैंकका शेयरधनीले १० प्रतिशतले कमाउँदा समता मइक्रोफाइनान्स वित्तीय संस्था ९.९८, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.८८, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ९.०४ र सूर्यलाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.८६ प्रतिशतले कमाए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : ५३ बजे

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन