धितोपत्र बजार आज पनि उकालो « Khabarhub

धितोपत्र बजार आज पनि उकालो


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा मंगलबार झण्डै २७ अंकले उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि सोही लयमा अगाडि बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार कारोवार मापक नेप्से परिसूचक २२.६३ अंकले बढेर एक हजार १७३.४२ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.६४ प्रतिशत अर्थात् ४.१३ अंकले वृद्धि भई २५५.७० मा पुगेको छ ।

बुधबार कूल १७१ कम्पनीका १६ लाख ४५ हजार ८७७ कित्ता शेयर रु ४७ करोड ६८ लाख ३३ हजार ८४७ मा खरीद बिक्री भयो । कारोवार भएका कूल ११ समूहकै शेयर आज उकालो लागेको छ ।

बैंकिङ १८.७, होटल ६९.४८, विकास बैंक १०.२६, जलविद्युत् ११.४९, वित्त २.२३, निर्जीवन बीमा १४३.०८, उत्पादन ७३.८४, अन्य १२.५९, लघुवित्त ३२.५१, जीवन बीमा १७१.९, सामूहिक लगानी कोष ०.०१ अंकले बढेको छ ।

कारोवार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६ करोड २४ लाख २७ हजार ७९३ मा कारोवार भयो । त्यस्तै सिद्धार्थ बैंकको शेयर रु चार करोड ४८ लाख २९ हजार ५६९, नेपाल बैंक लिमिटेडको रु दुई करोड ६० लाख २९ हजार ६९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड १८ लाख ३४ हजार ८१५ र सनराइज बैंक लिमिटेडको शेयर रु एक करोड ५७ लाख ७९ हजार ६३८ मा खरीद बिक्री भए ।

समग्र परिसूचक बढे पनि कर्णाली विकास बैंकका शेयरधनीले ४.५४ प्रतिशतले गुमाए । त्यस्तै नाग्दी ग्रुप पावर ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ३.५३, एक्सेल डेभलपमेन्ट बैंक ३.३० र नविल इक्विटी फण्डका शेयरधनीले २.८० प्रतिशतका दरले गुमाए ।

सिन्धु विकास बैंकका शेयरधनीले १० प्रतिशतले कमाउँदा समता मइक्रोफाइनान्स वित्तीय संस्था ९.९८, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.८८, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ९.०४ र सूर्यलाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.८६ प्रतिशतले कमाए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : ५३ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान