लाइबेरियाको एक विद्यालयमा आगलागी हुँदा ३० जनाको मृत्यु « Khabarhub

लाइबेरियाको एक विद्यालयमा आगलागी हुँदा ३० जनाको मृत्यु


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोनरोभिया– पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा एक इस्लामिक विद्यालयमा आगलागी हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ ।

राजधानी मोनरोभियानजिकै रहेको विद्यालयमा मंगलबार अबेर लागेको आगोका कारण अरु दर्जनौं घाइते भएका छन् । आगलागीबाट ज्यान गुमाउनेहरु अधिकांश बालबालिका छन् । त्यसबाहेक केही शिक्षकको पनि आगलागीमा परी मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागी भएका बखत विद्यार्थीहरु इस्लामिक धार्मिक ग्रन्थ कुरान पढिरहेका थिए । आगलागीको कारण अझै स्पष्ट हुन नसकेको प्रहरीको भनाइ छ ।

लाइबेरियाका राष्ट्रपति जर्ज विहाले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : ५४ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक