नुहाउन गएका खड्काको खोलामा डुबेर ज्यान गयो « Khabarhub

नुहाउन गएका खड्काको खोलामा डुबेर ज्यान गयो


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको ताजाँकोट गाउँपालिकास्थित सियाली खोलामा नुहाउन गएका एक जनाको डुबेर ज्यान गएको छ ।

ताजाँकोट गाउँपालिका वडा नम्बर-१ का २४ वर्षीय टेकबहादुर खड्काको खोलामा डुबेर ज्यान गएको स्थानीय चन्द्र प्रसाद ढकाल ‘झलक’ले जानकारी दिए । घर नजिकै पर्ने सियाली खोलामा नुहाउन गएका उनी चिप्लिएर खोलामा डुबेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जनाए ।

नुहाउन गएका खड्का खोलामा डुबेपछि स्थानीयले खोजतलास गर्दा तत्काल उद्धार गर्न सकेका थिएनन् । वर्षाको समयमा खोलामा पानीको बहाब तीब्र भएका कारण उद्धार गर्न नसकिएको अध्यक्ष मल्लले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : ३६ बजे

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको