इलेक्ट्रिक चुरोटको लत छ ? सावधान ! स्वास्थ्यमा पुर्‍याउँछ यस्तो खतरा « Khabarhub

इलेक्ट्रिक चुरोटको लत छ ? सावधान ! स्वास्थ्यमा पुर्‍याउँछ यस्तो खतरा


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय युवापुस्तामाझ भेपिङ अर्थात् विद्युतीय चुरोट निकै लोकप्रिय बनेको छ ।

परम्परागत चुरोटभन्दा सुरक्षित हुने विश्वासका साथ युवाहरुले भेपिङको प्रयोग गर्दै आएका कारण यसलाई परम्परागत चुरोटको विकल्पका रुपमा समेत हेर्ने गरिएको छ ।

भेपिङका कारण मानिसहरुको ज्यान गएको समाचार पनि बेलाबेला सार्वजनिक हुँदै आएका छन् । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा भेपिङका कारण ६ जनाको ज्यान गुमाइसकेका छन् । भेपिङकै कारण अमेरिकामा ३८० भन्दा बढीमा गम्भीर फोक्सोको समस्या देखिएको अध्ययनले देखाएको छ ।

यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने गरेका कारण अमेरिकाले केही समयअघिमात्रै विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । त्यसबाहेक हालै भारतले पनि विद्युतीय चुरोटमा प्रतिबन्ध लगाएको छ ।

विद्युतीय चुरोटले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएका कारण प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि उठ्दै आएका छन् । विद्युतीय चुरोटले कस्तो समस्या निम्त्याउँछ ?

खासमा विद्युतीय चुरोटको लोकप्रियता पछिल्लो एक दशकयता मात्र बढेको हो । सोही कारण विद्युतीय चुरोटबाट स्वास्थ्यमा पर्ने दीर्घकालीन असरबारे विस्तृत अध्ययन भइसकेको छैन । तर, चिकित्सक एवं वैज्ञानिकहरुले भने विद्युतीय चुरोट परम्परागत चुरोटभन्दा कम घातक भने नहुने बताउँदै आएका छन् । विद्युतीय चुरोटबाट उत्पन्न हुने खतराहरु यस्ता छन्–

पड्किने डर

विद्युतीय चुरोटको पहिलो जोखिम त यो पड्किने डर नै हो । विद्युतीय चुरोट ब्याट्रिबाट चल्छ ।

विद्युतीय चुरोट प्रयोग गर्न यसलाई चार्ज गरिरहनुपर्ने हुन्छ । ब्याट्रिमा प्राविधिक गडबडी भएको खण्डमा विद्युतीय चुरोट पड्किने सम्भावना रहन्छ । गत जुनमा मात्र एक १७ वर्षे किशोरले विद्युतीय चुरोटको प्रयोग गर्दा पड्किँदा उनको अनुहार कुरुप बन्न पुगेको थियो ।

फोक्सोमा समस्या

विद्युतीय चुरोटको दीर्घकालीन असरबारे विस्तृत अध्ययन नभए पनि भेपिङका कारण तत्कालै फोक्सोमा गम्भीर समस्या उत्पन्न हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

भेपिङको रसायन फोक्सोमा पुग्ने र त्यसले फोक्सोमा पक्षघात समेत उत्पन्न हुनसक्ने चिकित्सकहरुको चेतावनी छ । त्यसबाहेक भेपिङले निमोनिया हुनसक्ने जोखिम बढाउँछ ।

हृदयरोगको जोखिम

विद्युतीय चुरोटको रसायनले मुटुमा समेत समस्या उत्पन्न हुन्छ । भेपिङमा प्रयोग हुने निकोटिन रसायनका कारण रक्तसञ्चार प्रणालीमा बाधा उत्पन्न हुने, हृदयघात र एक्कासी मृत्यु समेत हुनसक्ने जोखिम रहन्छ । भेपिङले रगतमा रहेका कोषिकामा असर पार्ने भएका कारण यस्तो जोखिम उत्पन्न हुने गर्छ ।

मष्तिष्क रोग

विद्युतीय चुरोटले मष्तिष्क रोगको पनि जोखिम बढाउँछ । युवा तथा किशोर उमेर समूहका विद्युतीय चुरोट प्रयोगकर्तामाझ अधिक निकोटिनका कारण मष्तिष्करोगको जोखिम उत्पन्न हुन्छ ।

यसले मृगी रोग, मष्तिष्कघात तथा अन्य किसिमका मानसिक रोग समेत उत्पन्न हुने चिकित्सक एवं वैज्ञानिकहरु बताउँछन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ८ : ०१ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा