अविरल वर्षाले नेपालगञ्ज डुबानमा, न्यूरोडका पसल जलमग्न | Khabarhub Khabarhub

अविरल वर्षाले नेपालगञ्ज डुबानमा, न्यूरोडका पसल जलमग्न


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुधबार- बुधबार बिहानैदेखि परेको अविरल वर्षाले नेपालगञ्ज डुबानमा परेको छ । न्यूरोड र घरबारी टोल क्षेत्रका अधिकांश पसलमा जलमग्न बनेका छन् ।

नेपालगञ्जको सेतु विक चोक र न्यूरोड क्षेत्रका अधिकांश पसलमा पानी पसेको न्यूरोडका स्थानीय व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार सेतु विक चोक नजिक रहेको कस्तुरी होटलसहित करीब आधा दर्जन बढी पसल डुबेका छन् । पानीको सहज निकास नहुँदा घरबारी टोलका ११ वटा घर तथा पसल डुबेका छन् । सडकमा पानी जम्मा हुँदा आवतजावत गर्नसमेत समस्या भएको छ ।

न्यूरोडमै व्यवसाय गर्दै आएका श्रेष्ठले डुबान समस्याले न्यूरोड क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्दै गएको बताए । नेपालगञ्जका अन्य वडा तथा टोलका केही घर तथा पसल पनि डुबेका छन् । कारकाँदोमा रहेको प्रहरीको अस्पताल र कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा पानी पसेपछि आवागमन र कामकाजमा समस्या भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयका केही भवनसमेत डुबानमा परेका छन् । जानकी र खजुरा गाउँपालिकाका विभिन्न वडा पनि डुबानमा परेका छन् । खजुरा गाउँपालिका–७ मा आधा दर्जन बढी घर डुबेका छन् ।

सतर्कता अपनाउन आग्रह

जिल्ला दैवी प्रकोप उद्धार समितिले बुधबार बिहानैदेखि परिरहेको अविरल वर्षाले थप क्षति पुर्‍याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अविरल वर्षाले पुर्‍याएको क्षतिबारे बुझ्ने काम भइरहेको जानकारी दिँदै निरन्तर वर्षा भइरहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरे ।

नेपालगञ्ज क्षेत्रमा वर्षा भए पनि जिल्लाको पूर्वी क्षेत्र र दाङ तथा प्यूठानमा ठूलो वर्षा नभएकाले राप्ती नदीको कुसुमस्थित बाढी मापन केन्द्रमा राप्ती नदीको सतह सामान्य रहेको छ ।

प्रहरी उपरीक्षक वलीले बाढी र डुबानबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बताए । उनले नेपालगञ्ज, खजुरा क्षेत्र डुबानमा परे पनि राप्दी नदीमा भने पानीको सतह अहिलेसम्म नबढेको बताए ।

नेपालगञ्जलाई डुबानमुक्त बनाउन अधिकांश सडक र नाली निर्माण गरिए पनि समस्या भने कायमै रहेको छ । सामान्य वर्षाद्ले पनि नेपालगञ्जको मुख्य बजार क्षेत्र न्यूरोड, घरबारीटोल, गणेशपुर, बसपार्कलगायतका बजार क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले डुबानबाट जनधनको क्षति नभए पनि जनजीवन प्रभावित भएको बताए । उनका अनुसार डुबान भएका स्थानमा पानीको बहाव खोल्नका लागि उपमहानगरपालिकाका कुचीकार र प्राविधिक शाखाका कर्मचारी जेसिभीसहित तैनाथ रहेका छन् ।

“शहरमा डुबान हुन नदिन नाली बनिरहेका छन्, तर पनि डुबानमुक्त हुन सकेको छैन ।”, प्रवक्ता रिजालले भन्नुभयो, “पानी निकासको वैज्ञानिक स्थायी निकास नहुँदासम्म समस्या भइरहन्छ ।” एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले शहरी विकास आयोजना, परियोजना कार्यान्वयन एकाइअन्तर्गत सडक तथा नाला निर्माणको काम गरिरहेको छ ।

न्यूरोड क्षेत्रमा डुबान हुन नदिन गत वर्षमात्रै उचाइ बढाएर सडक तथा नाली निर्माण भएको थियो । प्रवक्ता रिजालले समथर भू–भाग भएकाले सहज तरिकाले पानीको निकास हुन नसक्दा डुबान हुने गरेको बताउँछन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ८ : १६ बजे

सन् २०२४ : को बने वर्षका खेल नायक ?

वर्ष २०२४ हाम्रो माझबाट लगभग बिदा भएको छ। विश्व खेलकुदमा

काठमाडौंसहित देशभर मौसम बदली, ठाउँठाउँमा वर्षा

काठमाडौं– आज काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको छ ।

हुम्लालगायत कर्णालीका उच्च भेगमा हिमपात

हुम्ला– हिमाली जिल्ला हुम्लासहित कर्णालीका विभिन्न जिल्लाका उच्च भेगमा शुक्रबार

डा. ओम मूर्तिबाट सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमा खर्च

काठमाडौं– मुटुरोग विशेषज्ञ, स्वास्थ्य अभियान्ता डा. ओम मूर्ति अनिलले सामाजिक

तनहुँ जलविद्युत् आयोजनाबाट ९७ परिवारलाई क्षतिपूर्ति वितरण

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट