विज्ञान नीति चाँडै कार्यान्वयनमा आउँछः मन्त्री पोखरेल « Khabarhub

विज्ञान नीति चाँडै कार्यान्वयनमा आउँछः मन्त्री पोखरेल


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ लाई तत्कालै कार्यान्वयनमा  ल्याइने बताएका छन् ।

समृद्धि र विकासमा विज्ञान र प्रविधिका क्षेत्रबाट सघाउने लक्ष्यका साथ सरकारले आज सार्वजनिक गरेको सो नीतिलाई कानूनी, आर्थिक र कार्यक्रमिक हिसाबले कार्यान्वयनमा लगिने बताए ।

सातौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सो नीति सार्वजनिक गरेका थिए । मन्त्री पोखरेलले नयाँ पुस्ताले सिर्जनशीलता र अनुसन्धानमा जोड दिएर समृद्धि र विकासमा सघाउन आग्रह गर्दै माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को गणित र विज्ञान विषयमा विद्यार्थीको ग्रेड वृद्धि गराउन पनि लाग्नुपर्नेमा जोड दिए ।

उनले विज्ञान र नवप्रवर्तनका क्षेत्रमा युवाहरुलाई प्रोत्साहनका लागि चाँडै अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी पनि दिए ।  ‘विज्ञान प्रविधिको विकास, नव–प्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवद्र्धनबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी नागरिकको जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने’ लक्ष्य लिई मन्त्रिपरिषद्को गत भदौ २६ गतेको बैठकले उक्त नीति पारित गरेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ९ : १५ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता