परिवर्तनलाई संस्थागत गर्न नेकपाले मात्र सक्छ : प्रवक्ता श्रेष्ठ « Khabarhub

परिवर्तनलाई संस्थागत गर्न नेकपाले मात्र सक्छ : प्रवक्ता श्रेष्ठ


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको परिवर्तनको रक्षा नेकपाले बाहेक अरूले गर्न नसक्ने बताएका छन् ।

नेकपा प्रदेश – ३ का अध्यक्ष नारायण दाहालका पिता स्व कुलप्रसाद दाहालको नवौँ दिनमा बुधबार उनकै निवास भीमसेननगरमा नेकपा चितवनले आयोजना गरेको शोकसभामा प्रवक्ता श्रेष्ठले देशमा सङ्घीयता र गणतन्त्र कम्युनिष्ट आन्दोलनको बलमा आएको बताए ।

यो परिवर्तनको रक्षा र समृद्धिको यात्रा कम्युनिष्टले बाहेक अरूले गर्न नसक्ने उनको भनाइ थियो । अहिलेको परिवर्तनलाई उल्टाउन केही शक्ति लागिपरिरहेको भन्दै उनले त्यस्ता सोच पूरा हुन नसक्ने बताए ।

उनले भने, “पहिला शक्तिमा रहेर शासन गरेकाहरु शक्तिबाट च्यूत भएपछि फेरि शक्तिमा बस्न पाए हुन्थ्यो भन्दै चलखेल शुरु गरेका छन् तर कसैले चाहेर परिवर्तन उल्टिँदैन ।” पार्टीभित्रको आन्तरिक विषयलाई आत्मसमीक्षा गर्दै सङ्घीयता कार्यान्वयनलाई केन्द्रविन्दुमा राखेर काम गर्न आवश्यक रहेको उनले बताए ।

नेकपाका पोलिटब्यूरो सदस्य अग्नि सापकोटाले कम्युनिष्टका मूल्यमान्यता डगमगाउने समयमा दाहालको निधनले फेरि एक ठाउँमा उभिएर सोच्न बाध्य बनाएको बताए । उनले भने, “स्व दाहाल अध्यक्ष प्रचण्डका मात्रै गुरु नभएर सबैका गुरु हुनुहुन्थ्यो । उनको सम्मानका लागि देशलाई समृद्ध बनाउन आवश्यक छ ।”

नेकपा प्रदेश – ३ का अध्यक्ष नारायण दाहालले बुबाको प्रेरणाका कारण देशमा आमूल परिवर्तनको नेतृत्व गर्न सकेको बताए । अहिले परिवारको अभिभावक गुमेको भए पनि जनताको सद्भावले एक्लो महसुस नगरेको उनको भनाइ थियो । नेकपा प्रदेश सचिव आनन्द पोख्रेलले मुलुकलाई समृद्ध बनाउन सकेमा मात्रै स्व दाहालको सपना पूरा हुने बताए ।

यसका लागि पार्टी दृढ सङ्कल्पका साथ अघि बढेको उनको भनाइ थियो । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्र, प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । स्व कुलप्रसाद दाहालका चार छोरा एक छोरी छन् । सबै नेकपाको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १० : २१ बजे

आन्दोलनकारीको आगजनीबाट घाइते भएकी गीताको बयान : प्रहरीलाई बचाउन खोज्दा आफै जलेँ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीको आगजनीबाट

हाम्रो पार्टीले जेन-जी आन्दोलनलाई समर्थन गरेपनि हिंसात्मक गतिविधिमा संलग्नता छैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो

बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गर्‍यो, जेन-जी आन्दोलनलाई मेरो समर्थन थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा तत्कालीन काठमाडौं महानगरका