बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गर्‍यो, जेन-जी आन्दोलनलाई मेरो समर्थन थिएन « Khabarhub

बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गर्‍यो, जेन-जी आन्दोलनलाई मेरो समर्थन थिएन


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा तत्कालीन काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफ्नो तत्कालीन जेन-जी आन्दोलनमा समर्थन नरहेको जनाएका छन् । 

जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको गौरी बहादुर कार्कीको आयोगलाई बालेनले जेन-जीको र्‍यालीमा समर्थन रहेको तर आन्दोलनमा नरहेको बयान दिएका हुन् ।

‘२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ । २३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन’, बालेनले आयोगलाई दिएको लिखित बयानमा उल्लेख छ ।

साथै, उनले राष्ट्रपति र सेनापतिको आग्रहमा आफूले आन्दोलनलाई शान्त पार्न भूमिका खोलेको भन्दै तत्कालीन सरकार र सरकारमा सहभागी दलले सम्पूर्ण क्षतिको जिम्मेवारी लिनुपर्ने बयान आयोगसमक्ष दिएका छन् ।

‘तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ’, बालेले आयोगसमक्ष भनेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ४ : ३० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले