दशैँ तिहारमा कर्णालीमा खाद्यान्न अभाव नहुने « Khabarhub

दशैँ तिहारमा कर्णालीमा खाद्यान्न अभाव नहुने


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- दशैँ तिहारमा कर्णालीमा खाद्य अभाव नहुने भएको छ । दशैँ, तिहारलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले चाडपर्व शुरु हुनुअघि नै खाद्यान्न पठाइसकेको छ ।

कर्णालीको खाद्यान्न समस्या हुने हुम्ला, मुगु र डोल्पामा पनि यस वर्ष चाडपर्वअघि नै खाद्यान्न पठाइसकेको कम्पनी लिमिटेडका प्रमुख भीमबहादुर थापाले बताए ।  “यस वर्ष साउनदेखि नै खाद्यान्न ढुवानीको काम शुरु गरेका थियौँ । त्यसैले कर्णालीका कुनै पनि जिल्लामा खाद्यान्न अभाव हुँदैन”, उनले भने, “खाद्यान्न अभाव बढी हुने भनेको हुम्लामा हो । यस वर्ष त्यहाँको डिपोमा पनि तीन हजार क्विन्टल चामल मौज्दात छ ।”

सडक सञ्जालको सुविधा नभएका जिल्लामा खाद्यान्न ढुवानी भइसकेको र मुगुलगायतका जिल्लामा पठाउने तयारी भइरहेको कार्यालय प्रमुख थापाले जानकारी दिए । विगतका वर्षमा चाडपर्वको मुखमै खाद्यान्न पठाउने तयारी गर्दा ढुवानीको समस्याले गर्दा चाडपर्वको मुखमा पनि कर्णालीवासी खाद्यान्न सङ्कटको सामना गर्नुपरेको उनको भनाइ थियो ।

चाडपर्वका कारण हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्न समस्या पर्ने हुँदा खाद्यान्न अभाव हुने गरेको थापाले बताए ।  यस वर्ष भने साउनदेखि नै खाद्यान्न ढुवानी गरेको थियो । “हामीसँग पर्याप्त मौज्दात छ, दशैँ, तिहार र छठमा खाद्यान्न अभाव हुन दिने छैनौँ ।” खाद्यको सुर्खेतस्थित कार्यालयको गोदाममा पनि अहिले नौ हजार क्विन्टल खाद्यान्न मौज्दात रहेको थापाले बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका प्रमुख थापाका अनुसार यो वर्ष हुम्ला र डोल्पा जिल्लामा पर्याप्त मौज्दात रहेकोे छ । “यो वर्ष हुम्लामा सङ्कट नपरोस् भनेर साउन लाग्दै दुई हजार क्विन्टल चामल हवाईजहाजमार्फत पठाइसकेका छौँ”, उनले भने, “यस वर्ष चाडपर्व शुरु हुनुभन्दा अघिदेखि नै तयारी गरेकाले खाद्यान्न अभाव हुँदैन ।”

उनले हुम्लामा खाद्यान्न पठाउनका लागि हवाईजहाजको प्रयोग गरिएको बताए ।  “खाद्य सङ्कट हुने ठाउँमा अघिल्लो वर्षभन्दा अझै धेरै चामल पठाएका छौँ”, उहाँले भन्नुभयो, “कुनै जिल्लामा सङ्कट पर्न गयो भने पनि हामी चामल पठाउन तयार छौँ ।”

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ९ : ४५ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल