मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग « Khabarhub

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा प्रभावित स्थानीय भेन्डरहरूले आन्दोलन घोषणा गरेको भन्दै समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले मेलम्ची खानेपानी आयोजनाका कुनै पनि गाडी तथा कर्मचारीलाई आजदेखि आयोजनास्थलमा प्रवेश गर्न नदिने भन्दै पीडित भेन्डर संघर्ष समितिले आन्दोलन घोषणा गरेको जानकारी गराए । यस्तो अवस्थाले मेलम्ची खानेपानी आयोजनालाई निरन्तरता दिन समस्या हुने उनको भनाइ छ ।

उनका अनुसार मेलम्ची बाढी प्रभावित संघर्ष समिति र लोकल भेन्डर पीडित संघर्ष समितिले यसअघि पनि आयोजनाको मुहानमा पुगेर पानी पथान्तरण अवरुद्ध गरेका थिए। त्यसक्रममा सरकारले पटकपटक गरी करिब एक दर्जन सम्झौता गरेको उनले बताए।

दुलालले बाढी प्रभावित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक निर्माण तथा नदीले क्षति पुर्‍याएका संरचनाको संरक्षणलाई मुख्य मुद्दा बनाएको बताए।

समस्या समाधानका लागि उनले मेलम्चीदेखि हेलम्बुस्थित मेलम्ची हेडवर्क्ससम्मको सडकको बहुवर्षीय ठेक्का तत्काल अघि बढाउन र मेलम्चीदेखि पाँचपोखरीको भोटाङसम्मको सडकको बहुवर्षीय ठेक्का लगाउन सरकारसँग माग गरे।

त्यस्तै, मेलम्ची र इन्द्रावती दुवै नदीको तटीय क्षेत्र संरक्षणका कार्यक्रम अघि बढाउन तथा लोकल भेन्डरसँग सरकारले गरेको सहमति तत्काल कार्यान्वयन गर्न उनले आग्रह गरे।

‘पीडितको पक्षमा लाग्दा पानी पथान्तरण अवरोध हुने र नलाग्दा पीडितहरू पीडित नै भइरहने अवस्था छ,’ दुलालले भने, ‘यो समस्या तत्काल समाधान गरियोस्।’

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  २ : २९ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा