एससीटीद्वारा ‘प्रिपेड’ तथा ‘कन्ट्याक्टलेस कार्ड’ सार्वजनिक « Khabarhub

एससीटीद्वारा ‘प्रिपेड’ तथा ‘कन्ट्याक्टलेस कार्ड’ सार्वजनिक


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्मार्ट च्वाईस टेक्नोलोजी लिमिटेड (एससीटी)ले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै दुई वटा नयाँ कार्ड सार्वजनिक गरेको छ ।

एससीटीले बुधबार राजधानीमा कार्यक्रम आयोजना गरी ‘कन्ट्याक्ट–लेस डेबिड’ र ‘प्रिपेड कार्ड’ सार्वजनिक गरेको हो ।  प्रिपेड कार्ड नेपालमा मात्र नभएर विदेशमा समेत सेवाग्राहीले सहज रुपमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । एससीटीले यी कार्डहरु ‘युनियन पे इन्टरनेशनल’को सहकार्यमा सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि सिवाकोटीले यी कार्डहरुले ग्राहकलाई थप सहज बनाउने बताए । उनले प्रविधिको विकासँगै विभिन्न साइबर क्राइमका घटना बढेको हुँदा यस्ता सेवाहरुमा सुरक्षा चुनौती बढेको तर्क गर्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा धारणा राख्दै नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि सिवाकोटी

कार्यक्रममा युनियन पे इन्टरनेशनलका महाप्रबन्धक ल्यू हेङले बुधबार सार्वजनिक गरिएका कार्डहरुबाट नेपालीहरुले सेवा अझ गुणस्तरीय रुपमा प्राप्त गर्ने अपेक्षा गरे । उनले कार्डमार्फत सेवाग्राहीको मन जित्न आफूहरु सफल हुने विश्वास लिए ।

कम्पनीको सेवाका विषयमा धारणा राख्दै युनियन पे इन्टरनेशनलका महाप्रबन्धक ल्यू हेङ

त्यसैगरी, एससीटीका अध्यक्ष देवी प्रसाद भट्टचनले यूनियन पे को सहकार्यमा ल्याइएका यी दुबै कार्डहरुबाट ग्राहकहरुले अनलाईनमार्फत पनि सहज रुपमा कारोबार गर्न सक्ने बताए ।

एससीटीले प्रदान गर्दै आएको सेवा बारे धारणा राख्दै एससीटीका अध्यक्ष देवी प्रसाद भट्टचन

हाल युनियन पे मार्फत १ सय ७३ देशका २ करोड ७० लाख बढी सेवाग्राहीले कारोबार गर्दै आएका छन् ।

विगत १५ वर्षदेखि नेपालमा विद्युतीय भुक्तानीको क्षेत्रमा संलग्न एससीटीले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका एटीएम, पीओएस नेटवर्किङ स्वीचिङ, ई कमर्श तथा एम कमर्श जस्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

एसटीद्वारा प्रिपेट तथा ‘कन्ट्याक्टलेस कार्ड’ सार्वजनिक कार्यक्रममा सहभागीहरु

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ९ : ४३ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार