एनआरएनए चुनाव : ४० प्रतिशत मतगणना सकियो « Khabarhub

एनआरएनए चुनाव : ४० प्रतिशत मतगणना सकियो


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना जारी छ ।

शुक्रबार बिहानसम्म ४० प्रतिशत मतगणना सकिएको छ । तर निर्वाचन समितिले यसको आधिकारिक जानकारी भने दिएको छैन् ।

बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान सम्ममा ४० प्रतिशत मतगणना सकिएको एनआरएनए स्रोतले जनाएको छ ।

पछिल्लो मत परिणाम अनुसार अध्यक्षको दाबेदार कुमार पन्त ७० मतले अगाडी रहेको जानकारी प्राप्त भएको छ ।

मतगणनास्थलमा विवाद

गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणनास्थल बाहिर बिहीबार राति पनि केहिबेर तनाव भएको थियो ।

अध्यक्षका प्रत्यासी कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा प्रवेश गर्न नदिएपछि उनका समर्थकले हंगामा नै गरेका थिए ।

उनीहरुले नाराबाजी गर्दै तोडफोडको प्रयास गरेपछि दुई पक्षीय झडप समेत भएको थियो । झपडपछि प्रहरीले हस्तक्षेप गर्यो स्थिति साम्य बन्यो । केहीबेर मतगणना नै प्रभावित बन्न पुगेको थियो।

निर्वाचनमा नेकपा निकट कुमार पन्त र कांग्रेस निकट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन्। राति अबेरसम्म अन्तिम अतपरिणाम आइसक्ने अपेक्षा गरिएपनि अनेक लफडाका कारण शुक्रबार बिहानसम्म अन्तिम मतपरिणाम आउन सकेको छैन्।

गैरआवासीय नेपालीको हर्कत र लफडाका कारण कारण नवौं विश्व सम्मेलन निकै विवादित बनेको छ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : २५ बजे

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा