कसरी थाहा पाउने बाथरोग ? « Khabarhub

कसरी थाहा पाउने बाथरोग ?


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बाथ रोग भन्नाले कुनै एउटा मात्र रोग नभएर विभिन्न रोगहरुको साझा असरलाई बुझाउँछ ।

अहिले सम्म १०० भन्दा बढि प्रकारका बाथ रोगहरु पत्ता लागि सकेका छन् । यो रोग प्राय जसो अटोयिमुन प्रोसेसको कारणले हुन्छ ।

हाम्रो शरीरमा बाहिरी जिवाणुसँग लड्नको लागी विशेष कोशीकाहरु हुन्छन् । जब कुनै कारणवस यी कोशीकाहरुले आफनै शरिरका विभिन्न अंगहरुलाई आक्रामण गर्न थाल्छन ,त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ । यस अटोयिमुन रोगहरुमा बाथ रोग,डाईवेटिज,थाईरोइड तथा अन्य रोगहरु पर्दछन् ।

बाथरोगका लक्षण

हातका औंलाहरु दुख्ने वा सुन्निने,
बिहान उठ्ने बेलामा हात–खुट्टा अह्ररो हुने,
गोलीगाँठो दुख्ने वा सुन्निने,
राती तथा बिहान ढाड दुख्ने वा अह्ररो हुने,
पिँडौला दुख्ने वा करकर खाने,
खुट्टाको औंला वरिपरि रातो भएर टेक्न नहुने,
कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने,
घुँडा सुन्निने वा दुख्ने आदि।

कसरी पत्ता लगाउने बाथरोग ?

बिरामीमा देखिने लक्षण र जोर्नीहरूको जाँच गर्ने बित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ । कहिलेकाहीँ बाथरोग कति कडा छ वा कुन प्रकारको हो भन्ने बुझ्न रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ।

धेरै पुरानो रोग तथा औंलाहरू बांगो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन। बाथरोगलाई बेवास्ता गर्यो‍ भने मृत्यु पनि हुन सक्छ।

बाथरोगलाई समयमै उपचार गरेर निको बनाउन सकिन्छ। जटिल प्रकारको बाथरोग लाग्यो भने, यसको उपाचार एकदमै महँगो हुनुका साथै पूर्ण निको पार्न गाह्रो हुन्छ।

बाथरोगबाट बच्ने उपाय

मेडिकल साइन्सले बाथरोग लाग्नै नदिने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

परिवारका कुनै सदस्यलाई बाथरोग भएमा अन्य सदस्य सतर्क हुनुपर्छ। डेढ महिनादेखि तीन महिनाभित्रमा बाथरोग भएको पत्ता लागेमा ‘सेकेन्डरी प्रिभेन्सन’ अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ८ : ५९ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६