उत्तरकोरियाली नेता किमको घोडा चढेको तस्वीर सार्वजनिक भएपछि… « Khabarhub

उत्तरकोरियाली नेता किमको घोडा चढेको तस्वीर सार्वजनिक भएपछि…


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विश्वका शासकहरुको आआफ्नै स्वभाव र विशेषता छ । अन्यभन्दा फरक स्वभाव हुनेहरुको चर्चा तुलनात्मक रुपमा बढी हुन्छ । यही सूचीमा पर्छन उत्तरकोरियाली नेता किम जोङ उन ।

नयाँ क्षेप्यास्त्र परीक्षणसहितको उनको शैलीले विश्वको ध्यान पनि उनैतिर खिचेको छ । यी नै नेता उन आफूले महत्वपूर्ण निर्णय गर्नुअघि हिमाल आरोहण गर्ने गर्छन् । यसपटक पनि उनले हिमाल आरोहण गरेका छन् ।

विगतमा उनको आरोहणले केहि राजनीतिक उथलपुथलको संकेत दिने भएकाले यसपटक पनि यसलाई महत्वका साथ हेरिएको छ । उनी देशका विषयमा वा कूटनीतिक मामलामा कुनै महत्त्वपूर्ण कदम चाल्नुअघि चीन र उत्तर कोरियाको बीचमा रहेको माउन्ट पाक्टु चढ्ने गरेका छन् ।

नेता उनले देशको सबैभन्दा अग्लो यो हिमाल चढ्नु भनेको उत्तर कोरियाली राजनीतिमा कुनै नयाँ उथलपुथलकारी निर्णय आउन सक्छ भन्ने पनि हो । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले किम पाक्टु हिमाल क्षेत्रमा सेतो घोडामा सवार भएको तस्वीर सार्वजनिक गरेको छ ।

किमले २ हजार ७ सय ५० मिटर अग्लो सो हिमाल यसअघि केही पटक चढिसकेका छन् । हिमाल चढेपछि उनले कुनै न कुनै ठूलो घोषणा गर्ने गर्छन् । किमका बाबुको जन्मस्थल मानिने पाक्टु हिमालको उत्तर कोरियामा ठूलो महत्त्व पनि छ ।

केसीएनएले भनेको छ, ‘पाक्टुको शिखरमा घोडामा बसेर उनले सो हिमालजत्तिकै बलियो विश्वास र इच्छाले सबैभन्दा शक्तिशाली देश निर्माण गर्ने महान् कार्यका लागि गरेको कठिन संघर्षलाई गहिरो भावले मनन गरेका छन् ।’

हिमाल चढेर के के गरे उनले

सन् २०१७ को डिसेम्बरमा उनले सो हिमाल आरोहरण गरेका थिए । यो आरोहरणपछि उत्तर कोरियाले दक्षिण कोरियासँगको कूटनीतिक सम्बन्धमा बदलाब ल्याएको थियो ।

त्यतिबेला उत्तर कोरियाले हाइड्रोजन बमको सफलतापूर्वक परीक्षण गरेको थियो भने एकपछि अर्को गर्दै अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरिरहेको थियो । जसका कारण दक्षिण कोरिया र अमेरिकासँगतीव्र तनावको अवस्था थियो ।

दुवैले एक अर्कालाई सबैभन्दा ठूलो दुश्मनको रूपमा लिन्थे र सार्वजनिक गाली गलौज समेत गर्ने गर्दथे । तर, यो हिमाल आरोहणलगत्तै सन् २०१८ को नयाँ वर्षको अवसरमा उनले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने घोषणा गरे ।

त्यसपछि विस्तारै अमेरिकासँग समेत सम्बन्ध सुधार भयो र २०१८ को १२ जुन र २०१९ को २७–२८ फेब्रुअरीमा गरी दुई चरणमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग शिखर वार्ता समेत भयो । सन् २०१८ किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनसँगै यो हिमाल आरोहरण गरेका थिए ।

एउटा सक्रिय ज्वालामुखी पाक्टुमा ४ हजार वर्षभन्दा अगाडि पहिलो कोरिया अधिराज्यका संस्थापक ड्यांगुनको जन्म भएको मानिन्छ । उत्तर कोरियाली नेता किमले बेला बेला कोरियालाई एकीकरण गर्ने अभिव्यक्ति दिने गरेका छन् ।

सन् २०१३ को फेब्रुअरीमा पनि नेता किमले यो हिमालको यात्रा गरेका थिए । यो भ्रमणबाट नै उनका बाबु किम जोङ–इलको तीन वर्षे शोक अन्त्य गरेका थिए । यसैगरी नोभेम्बर २०१४ मा पनि उनले यो हिमाल आरोहण गरे ।

यो आरोहणपछि उनले उत्तर कोरियाली शासनमा आफूभन्दा पछि दुई नम्बरमा रहेका फुपाजु जाङ सङ–थेकलाई मृत्युदण्ड दिएका थिए ।

यो भ्रमणका क्रममा नेता किमले उत्तर कोरियामाथि अमेरिकाले लगाएको प्रतिबन्धको कडा विरोध जनाउँदै आलोचना गरेका छन् ।

उनले यस्तो समयमा यो भ्रमण गरेर अमेरिकाको आलोचना गरेका छन् कि परमाणु निशस्त्रीकरणका विषयमा प्योङयाङ र वासिंगटनबीच चलिरहेको वार्तामा अवरोध उत्पन्न भएको छ । अमेरिकासँगको वार्ता यतिबेला लगभग बन्द भएको अवस्था छ ।

नेता किमले यसअघि जस्तै पाक्टु हिमालको आरोहणपछि कुनै महत्वपूर्ण निर्णय लिँदा अमेरिकासँगको परमाणु वार्ता अन्त्य भएको वा दक्षिण कोरियासँग करिब २ वर्षदेखिको सहज सम्बन्धमा बदलावको घोषणा गरेमा त्यसले कोरियाली प्रायद्विपमा फेरि तवाव र संघर्षको कालो बादल मडारिने खतरा छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ९ : ३० बजे

प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा

एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर

उत्तरी नाका खुलाउन किन चासो दिएन सरकारले ?

काठमाडौं- दश वर्षअघि सरकारले रसुवागढी–केरुङलाई उत्तरतर्फको प्रमुख व्यापारिक नाका घोषणा

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले