मन्त्रिमण्डल फेर्ने कुरा मलाई नसोधिदिए हुन्थ्यो–प्रचण्ड « Khabarhub

मन्त्रिमण्डल फेर्ने कुरा मलाई नसोधिदिए हुन्थ्यो–प्रचण्ड


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर बारेको कुरा आफूलाई नसोध्न आग्रह गरेका छन् ।

शुक्रवार (आज) सुदूरपश्चि प्रदेश पत्रकारसँग कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको कुरा आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्ने बताए ।

‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । यो प्रधानमन्त्रीको क्षेत्रधिकार भित्रको कुरा हो । उहाँले जे सोच्नु हुन्छ त्यही हुन्छ’ प्रचण्डले भने ।

तपाईं पनि त पार्टी अध्यक्ष हो नि त ! भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने,‘पार्टी अध्यक्ष म पनि हो मसँग प्रधानमन्त्रीले सल्लाह गर्नुहुन्छ । तर अहिले मिडियामा आएको जस्तो यो जाने भयो रे, यो आउने भयो रे भन्ने भएको छैन ।’

मन्त्रिमण्डल हेरफेर गर्ने बारेमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र आफ्नाबीच कुनै चर्चा नभएको प्रचण्डको दाबी थियो ।
‘प्रधानमन्त्री र मेरो कुरा हुँदा यो चर्चा भएको छैन,’ प्रचण्डले भने,‘ हाम्रो बीचमा ठोस रुपमा कुरा भएको छैन । यो विषय प्रधानमन्त्रीको सोचको विषय हुन्छ ।’

केही दिन अघि प्रधानमन्त्री केपी ओली र प्रचण्डको बीचमा भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुको कामबाट चित्त नबुझेको भन्दै मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा प्रचण्डसँग छलफल गरेका थिए ।

तत्कालै मन्त्रिमण्डल हेरफेर गर्ने भनिएपनि छठ सम्मलाई यो विषय रोकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले खबहरबसँग बताएका थिए ।

‘तिहार र छठपछि मात्र यो विषयमा कुरा हुने भएको छ’ श्रेष्ठले खबरहबसँग भनेका थिए,‘तत्कालै नगरौं भन्ने कुरामा दुबै अध्यक्ष सहमत हुनु भएको छ ।’

नेकपाले वुधवार आयोजना गरेको चियापान कार्यक्रममा नेकपाका नेता माधव कुमार नेपालले पनि तत्काल मन्त्रिमण्डल पुनर्गठन गर्न नहुने बताएका थिए ।

उपनिर्वाचन नजिकिएको र मन्त्रिमण्डल हेरफेर गर्दा त्यसमा पनि प्रभाव पर्न सक्ने भन्दै नेता नेपालले तत्काल मन्त्रिमण्डल पुनर्गठन उपयुक्त नभएको बताएका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ११ : ०७ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।