आजदेखि स्वास्थ्यका कर्मचारीको समायोजन सम्बन्धि गुनासो नसुन्ने « Khabarhub

आजदेखि स्वास्थ्यका कर्मचारीको समायोजन सम्बन्धि गुनासो नसुन्ने


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (कात्तिक १ गते) देखि स्वास्थ्यका कर्मचारीहरुको समायोजन सम्बन्धि गुनासोहरु नसुन्ने भएको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएका स्वास्थ्य सेवाका विभिन्न समूह तथा उपसमूहका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले असोज १७ गतेसम्म गुनासो दर्ताका लागि समय दिएको थियो ।

असोज मसान्तसम्म पनि कर्मचारीहरु गुनासो दर्ता गर्न आएपछि मन्त्रालयले सुचना जारी गर्दै आजदेखि गुनासो दर्ता नगरिने जनाएको हो ।

मन्त्रालयले समायोजनमा त्रुटि भएका वैद्य र ल्याव असिष्टेन्टको पदको गुनासो भने दर्ता गर्ने जनाएको छ । सरकारले समायोजन सुची सार्वजनिक गरेसँगै स्वास्थ्यका कर्मचारीहरु आफुले रोजेको ठाउँमा समायोजन नभएको, दरवन्दी भन्दा धेरै कर्मचारीको समायोजन भएको लागयतका विभिन्न समस्याका गुनासो लिएर स्वास्थ्य मन्त्रालयमा आउने गरेका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीयत तहलाई दरवन्दी भन्दा बढी समायोजन भएका तथा दरवन्दी नै नभएका स्थानमा समयोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समायोजन भएको ठाउँमा हाजिर गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १२ : ५० बजे

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको