आजदेखि स्वास्थ्यका कर्मचारीको समायोजन सम्बन्धि गुनासो नसुन्ने « Khabarhub

आजदेखि स्वास्थ्यका कर्मचारीको समायोजन सम्बन्धि गुनासो नसुन्ने


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (कात्तिक १ गते) देखि स्वास्थ्यका कर्मचारीहरुको समायोजन सम्बन्धि गुनासोहरु नसुन्ने भएको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएका स्वास्थ्य सेवाका विभिन्न समूह तथा उपसमूहका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले असोज १७ गतेसम्म गुनासो दर्ताका लागि समय दिएको थियो ।

असोज मसान्तसम्म पनि कर्मचारीहरु गुनासो दर्ता गर्न आएपछि मन्त्रालयले सुचना जारी गर्दै आजदेखि गुनासो दर्ता नगरिने जनाएको हो ।

मन्त्रालयले समायोजनमा त्रुटि भएका वैद्य र ल्याव असिष्टेन्टको पदको गुनासो भने दर्ता गर्ने जनाएको छ । सरकारले समायोजन सुची सार्वजनिक गरेसँगै स्वास्थ्यका कर्मचारीहरु आफुले रोजेको ठाउँमा समायोजन नभएको, दरवन्दी भन्दा धेरै कर्मचारीको समायोजन भएको लागयतका विभिन्न समस्याका गुनासो लिएर स्वास्थ्य मन्त्रालयमा आउने गरेका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीयत तहलाई दरवन्दी भन्दा बढी समायोजन भएका तथा दरवन्दी नै नभएका स्थानमा समयोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समायोजन भएको ठाउँमा हाजिर गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १२ : ५० बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल