‘त्यतिबेला मलाई लाग्यो, यो क्षेत्र मेरा लागि होइन रहेछ !’ « Khabarhub

‘त्यतिबेला मलाई लाग्यो, यो क्षेत्र मेरा लागि होइन रहेछ !’


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता सुशील श्रेष्ठले जतिबेला फिल्म क्षेत्र नै बुझेका थिएनन्, त्यतिबेला नै उनी चर्चाको चुचुरोमा पुगे । चलचित्र ‘होस्टेल रिटर्न्स’ ले उनलाई एकाएक सेलिब्रेटी बनाइदियो । कतिले उनलाई उदाउँदा युवास्टारका रुपमा हेरे । अझ एउटा संयोग त कस्तो थियो भने सुपरहिट चलचित्र ‘होस्टेल’ मा अनमोल केसीको ‘रिप्लेस’ मा सुशील थिए ।

उनको लूक र सिक्स प्याकका कारण सुशीलको चर्चा छिट्टै भयो । र, उसरी नै सेलायो ।

‘होस्टेल रिटर्न्स’ पछि उनकै भर परेको ‘शायद २’ पनि चलेन । ‘कारखाना’ ले पनि कमाल गर्न सकेन । भलै ‘कारखाना’ को कथाले धेरथोर चर्चा भने पायो ।

पहिलो चलचित्र ‘हिट’ भएर अरु चलचित्र असफल हुँदा सुशीलको करिअरमा धक्का लाग्यो । यतिबेलासम्म उनले चलचित्र क्षेत्रका बारेमा बुझेकै थिएनन् । रहरै रहरले उनले चलचित्रमा काम गरेका थिए ।

‘सबैलाई हिरो हुने रहर हुन्छ नि, हो त्यस्तै मलाई पनि रहर थियो, सुनिल (रावल) दाइले खेल भन्नुभयो, मैले हुन्छ भनेँ, खासमा मैले यो क्षेत्र बुझेकै रहेनछु’ सुशील भन्छन् ।

बरु ‘कारखाना’ सम्म आउँदा यो क्षेत्रका बारेमा धेरथोर बुझेका थिए उनले ।

‘होस्टेल रिटर्न्सबाट पनि म पूरै सन्तुष्ट थिइनँ शायद, झन् कारखाना त फ्लप भयो, त्यसपछि मलाई लाग्यो, चलचित्र उद्योग मेरा लागि होइन रहेछ,’ सुशील त्यतिबेला आफूमा छाएको निराशापन सुनाउँछन् ।

‘कारखाना’ नचल्दा उनलाई तनाव भएको रहेछ । एकैपटक धरहराको टुप्पोमा पुगेर ड्याङ्ग पछारिएजस्तो भएको रहेछ । ‘हो, मलाई स्टारडमले थिचेको हो, मैले शुरुमा उद्योग बुझेकै थिइनँ, पहिले एकपटक धरहरामा पु¥याइदिनुभयो, एकैपटक माथिबाट तल झर्दा दुख्ने रैछ,’ उनी हाँस्छन् ।

आफूले कडा मेहनत गरेका चलचित्र एकपछि अर्को गर्दै फ्लप हुँदा आफूलाई यो क्षेत्रमा जम्न सक्दिनँ कि भन्ने लागेर चलचित्र नै नखेल्ने सोच बनाएको बताउँछन् सुशील । चलचित्र नखेल्ने निर्णय गरेका बेला ‘लभ डायरिज’ बाट अफर आएको थियो ।

‘अब म चलचित्रमा काम नै नगर्ने मुडमा थिएँ, मैले ‘लभ डायरिज’ पनि खेल्दिन भनेको हुँ, तर पहिलेदेखि नै चिनेको दाइ अफर गर्दा काम गर्नुपर्ने अवस्था आयो,’ सुशील सुनाउँछन्, ‘साहिल (खान) दाइ मैले काम गर्दिन भन्दा नरिसाएको भए अभिनय नै गरिँदैनथ्यो होला, यो चलचित्रमा काम गरेपछि त फेरि त्यो फिल्मको कीरा मनमा पसिहाल्यो नि !’

लगत्तै उनलाई चलचित्र ‘बादशाह जुट’ बाट पनि अफर आयो ।

चलचित्रको स्किृप्ट हेरे । उनलाई गज्जबैले तान्यो कथाले । किनकि, जति पनि चलचित्रमा उनले काम गरेका थिए, ती सबैमा उनले आफ्नो जिम गरेको ज्यानका आधारमा भूमिका पाएका थिए । ‘बादशाह जुट’ मा भने भिन्दै भूमिकामा देखिने सुशील बताउँछन् ।

‘यो चलचित्रको स्किृप्ट हेर्दा मैले फेरि यस्तो भूमिका पाउँदिन कि भन्ने लाग्यो, एक शिकारु पत्रकारको भूमिका निभाएको छ, आफूलाई पनि मजा लागेको भूमिका हो,’ सुशील अगाडि थप्छन्, ‘बल्ल आजभोलि मैले फिल्म क्षेत्र बुझेँ कि भन्ने लाग्छ, पहिले त म हावा तालमै यो क्षेत्रमा रमाएको रहेछु ।’

भोलिका दिनमा चलचित्र क्षेत्रमा नै आफ्नो करिअर खोज्ने योजनामा छन् सुशील । भन्छन्, ‘अब त यही क्षेत्रमा काम गर्छु, रमाइलो लाग्न थालेको छ ।’

करिअरलाई लिएर बीचमा केही समय तनाव बेहोर्नु परे पनि अहिले भने त्यो समयबाट उनी मुक्त भएका छन् ।

‘म आफ्नो फिल्मलाई सधै न्याय दिने प्रयासमा हुन्छु, यही फिल्मका लागि पनि झण्डै १२ किलो तौल घटाएको थिएँ, सबैले मेहनत गरेका छौँ,’ उनी सुनाउँछन्, ‘मलाई के लाग्छ भने हाम्रा चलचित्र समीक्षा पनि राम्रा पाउने र निर्माताको लगानी पनि सुरक्षित हुने बन्नुपर्छ ।’

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  २ : ३५ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री