एएफसी कप फुटसल छनोट खेल्ने नेपाली टोलीको विदाई « Khabarhub

एएफसी कप फुटसल छनोट खेल्ने नेपाली टोलीको विदाई


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० मा तुर्कमेनिस्तानमा हुने एएफसी कप फुटसल च्याम्पियनसिप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टोलीको विदाई गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार इरानका सेन्ट्रल तथा दक्षिण एसिया छनोट खेल्न जाने नेपाली टोलीको विदाई गरेको हो।

कार्यवाहक एन्फा अध्यक्ष पंकज नेवाङले विदाई कार्यक्रममा खेलाडीलाई सफलताको शुभकामना दिए। सहिद स्मारक ए डिभिजन लिग नभएका बेला कोठमाडौंमा भएका फुटसलले नेपाली फुटबलाई ठुलो योगदान दिएको कार्यवाहक अध्यक्ष नेवाङले बताए। उनले नेपाली राष्ट्रिय फुटसल टिमको निर्माण ढिलो भएपनि उत्कृष्ट टिम रहेको समेत जानकारी दिए।

त्यस्तै प्रशिक्षक विष्णू गुरुङले राष्ट्रिय फुटसल टोलीले पछिल्लो दुई वर्षदेखी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएकाले यो सिक्ने अवसर रहेको बताएका छन्। ‘हामी यतीबेला शिशू अवस्थानमा छौ। यसलाई कसरी स्याहार गर्ने त्यो सबैले सोच्न जरुरी छ। यसलाई हामीले सुनौलो अवसरका रुपमा लिएका छौ,’ प्रशिक्षक गुरुङले भने। फुटस संघका सदस्य राज महर्जनले पहिलेको नतिजालाई ध्यानका राख्दै यस प्रतियोगितामा नतिजा सुधारका लागि शुभकामना दिए।

पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा राष्ट्रिय फुटसल टिमका कप्तान विजय गुरुङले फुटसलको विकासका लागि घरेलु लिगहरु गर्न सबैलाई आग्रह समेत गरे। लिगले खेलाडीको व्यवसाहिकतामा टेवा पुग्ने र नेपाली फुटसल टोलीले ठुलो उचाई लिने विजयले विश्वस दिलाए।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै २४ अक्टोबरमा उज्वेकिस्तान र २५ अक्टोबरमा अफगानिस्तानसँग खेल्नेछ। प्रतियोगिता अक्टोवर २३ देखि २६ सम्म इरानमा हुनेछ।

नेपाली राष्ट्रिय फुटसल टोली

अनिष श्रेष्ठ, सुमित आले, सन्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राना, अरुज सिंह, विजय श्रेष्ठ, विजय गुरुङ, सरोज गुरुङ, बिनोद गुरुङ, आशिष लामा, मणी लामा र निर्मल गुरुङ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १ : ५६ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी