के कारण हुन्छ कब्जियत ? यस्तो छ बच्ने उपाय ! « Khabarhub

के कारण हुन्छ कब्जियत ? यस्तो छ बच्ने उपाय !


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

यदि हामीले खाएको खाना पचेन भने कब्जियत भएको मानिन्छ । अर्थात खाना अपच भई दिसा जम्मा भएर शरीरमा फोहोर भेला हुँदा कब्जियत भएको हुन्छ ।

कब्जियत हुदाँ दिसा कडा हुने, ३/४ दिनसम्म पनि दिसा नहुने, दिसा गर्न गाह्रो हुनेजस्ता समस्या हुन्छन् । कब्जियतको समस्या स्थायी र अस्थायी गरी दुई प्रकारका हुने गर्दछन् । यदि स्थायी कब्जियत भयो भने यसलाई निको पार्न निकै गाह्रो हुन्छ ।

कब्जियत भएपछि यसले विभिन्न रोग समेत निम्त्याउने गर्दछ । त्यसैले कब्जियत भएको थाहा पाउनासाथ चिकित्सकसँग सल्लाह लिनु अनिवार्य हुन्छ ।

कब्जियत हुनुको कारण

खानपान र जीवनशैलीमा नियमितता नभएमा कब्जियतको समस्या देखा पर्ने गर्दछ । अनियमित खानपान, शारीरिक व्यायामको कमी, खानेकुरा नपच्नु, औषधिको अत्यधिक सेवन गर्नु, पानी कम मात्रामा पिउनु, अमिलो–पिरो, फस्टफुड र ड्राईफुडको धेरै खाने गर्नाले कब्जियत हुने गर्दछ ।

अस्वस्थ जीवनशैली, तनावयुक्त दैनिकी, अपर्याप्त निन्द्रा, धूम्पान, मद्यपान र चिसो पेय पदार्थको सेवन तथा लामो समयसम्म एउटै ठाउँमा बस्नेहरुलाई पनि कब्जियत हुने गर्दछ ।

कब्जियतको लक्षण

दिनहुँ दिसा नहुनु, कडा हुनु, बारम्बार भइरहनु कब्जियत हुनुको मुख्य लक्षण हो। कब्जियत भएपछि भोक नलाग्ने, पेट फुल्ने, भारी हुने, आलस्य हुनुका साथै अनिद्रा लगायतका समस्याले पिरोल्ने गर्दछ ।

कब्जियत हुँदा लामो समयसम्म दिसा नहुने र यसै कारण टाउको दुख्ने, वाकवाक लाग्ने, छाती वा घाँटी पोल्ने पनि हुनसक्छ ।

बच्ने उपाय

कब्जियतलाई सामान्य औषधोपचार, व्यायाम तथा स्वस्थ जीवनशैलीबाट निराकरण गर्न सकिन्छ ।

यसका लागि समयमा खाना खाने, प्रसस्त पानी पिउने, नियमित व्यायाम गर्ने, अखाद्य वस्तुको सेवन नगर्ने साथै आफूखुसी औषधि सेवन गर्नुहुँदैन।
यदि लामो समय कब्जियत भएमा यसले पाइल्सको समस्या निम्त्याउन सक्छ । यसैले यसको समयमै रोकथाम गर्नुपर्छ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ५ : ०९ बजे

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।

स्टेजमा रामचरणको ‘डबल मिस्टेक’, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण

काठमाडौं– साउथ सुपरस्टार राम चरण आफ्नो आगामी प्यान–इन्डिया चलचित्र पेड्डीको