कपाल झरेर हैरान हुनुहुन्छ ? बन्यो कपाल उमार्ने उपकरण « Khabarhub

कपाल झरेर हैरान हुनुहुन्छ ? बन्यो कपाल उमार्ने उपकरण


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकाल धेरै मानिसमा कपाल झर्ने तथा बिस्तारै तालुखुइले हुने समस्या दिनप्रति दिन बढ्दै गइरहेको छ । युवा उमेरमा नै कपाल झरेका कारण धेरैलाई यो समस्याले सताउने गरेको छ । तर कपाल झरेर हैरान हुने मानिसका लागि एउटा खुसीको खबर छ ।

केही शोधकर्ताहरुले कपाल उमार्ने नयाँ उपकरणको आविस्कार गरेका छन् । अमेरिकाको विस्कान्सिन मेडिसन यूनिर्भसिटीका प्रोफेसर जूडोङ्ग वाङ्गले यस कपाल उम्रने यन्त्रको विकास गरेका हुन् ।

कपाल झरेर हैरान भएका मानिसलाई लक्षित गर्दै वाङ्ग र उनका सहयोगी शोधकर्ताहरुले टोपीभित्र पहिरन मिल्ने एक उपकरणको आविस्कार गरेका छन् ।

जसले केही साताभित्रै कपाल झरेको भागमा पनि सहजै कपाल उमार्न सक्दछ । उक्त उपकरण पहिरिना साथ यसबाट एक किसिमको ऊर्जा उत्पादन हुने र त्यसले कपालको जरासम्म पुगी नउम्रिने कपाललाई समेत उम्रिन प्रेरित गर्दछ । कपाल झरेको भागमा समेत कपाल उमार्न उत्तेजित बनाउने उक्त उपकरणले एक प्रकारको इलेक्ट्रिक पल्सेज निकाली कपालको जरामा पठाउने गर्दछ ।

उक्त उपकरण चल्नका लागि कुनै ब्याट्री वा चार्जको आवश्यकता पर्दैन । यसले मानिसको गतिविधिबाट नै आफूलाई चार्ज गर्ने शोधकर्ताहरुको दावी छ ।

यो मेसिन साधारण टोपीको भित्री भागमा सहजै लगाउन सकिन्छ । उक्त उपकरणको निर्माणपछि रौं नभएका मुसामा परीक्षण गरिएको थियो । जसले केही सातामा नै मुसाको शरीरमा रौं उमार्न सफल भएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ५ : ५६ बजे

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न

कुलमानको निर्वाचन खर्च १४ लाख

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा

सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन