स्वास्थ्यमा समस्या देखिएपछि महरालाई सीसीयूमा सारियो « Khabarhub

स्वास्थ्यमा समस्या देखिएपछि महरालाई सीसीयूमा सारियो


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि क्रिटिकल केयर युनिट (सीसीयू)मा सारिएको छ ।

पक्राउ परेपछि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचाररत महराको स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई शुक्रबारबाट सीसीयूमा राखेर उपचार थालिएको छ । शुक्रबार उनको रक्त्तचापसमेत बढेको अस्पताल स्रोतले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार एक्कासी रक्तचाप बढेपछि मुटुको एन्जिओग्राफी गरिएको थियो। एन्जियोग्राफीमा मुटुको बायाँतर्फ २० प्रतिशत ब्लक भएको देएिपछि उनलाई सीसीयूमा राखेर उपचार थालिएको हो ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि जबरजस्ति करणी प्रयासको आरोप लगाउँदै किटानी जाहेरी दिएपछि उनलाई असोज १९ मा प्रहरीले पक्राउ गरेको थियो । उच्चरक्तचापको समस्य देखिएपछि गत असोज २३ गते महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उपचारमा संलग्न डाक्टरले नै स्वास्थ्य अवस्था गम्भीर भएको बताउँदै आइरहेका छन् । स्वास्थ्य अवस्था ठिक नभएको र बाहिर लैजान नमिल्ने बताएपछि प्रहरीले उनीसँग घट्नाको बारेमा बयान समेत लिन सकेको छैन् ।

प्रहरीले गत मंगलबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरे पनि स्वास्थ्य अवस्था ठिक नभएकाले बयान टर्दै आएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ६ : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना