आयोगले बढायो एमबीबीएस र बीडीएसको अध्ययन शुल्क « Khabarhub

आयोगले बढायो एमबीबीएस र बीडीएसको अध्ययन शुल्क


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको अध्ययन शुल्क बढाएको छ ।

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै आगामी दुई वर्षका लागि एमबीबीएस र बीडीएसमा ४‍.५ प्रतिशतले अध्ययन शुल्क बढाएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा यस वर्षदेखि नै लागू हुनेगरी आगामी दुई वर्षका लागि शुल्क निर्धारण गरिएको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जानकारी दिए ।

जसअनुरुप अब एमबीबीएसतर्फको काठमाडौं उपत्यकाभित्र शुल्क ४० लाख २३ हजार २ सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकिएको छ ।

यस्तै, बीडीएसतर्फ २० लाख १९ हजार ५ सय ८० रुपैयाँ तोकिएको छ ।

चिकित्सा शिक्षा ऐनमा प्रत्येक दुई वर्षमा नेपाल राष्ट्र बैंकको मुद्रास्फीतिअनुरुप शुल्क निधारण हुने व्यवस्था छ ।

यसअघि, उपत्यकाभित्र एमबीबीएसतर्फ ३८ लाख ५० हजार तोकिएको थियो भने उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क थियो । यस्तै, बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ निर्धारण थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : ३२ बजे

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९