आयोगले बढायो एमबीबीएस र बीडीएसको अध्ययन शुल्क « Khabarhub

आयोगले बढायो एमबीबीएस र बीडीएसको अध्ययन शुल्क


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको अध्ययन शुल्क बढाएको छ ।

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै आगामी दुई वर्षका लागि एमबीबीएस र बीडीएसमा ४‍.५ प्रतिशतले अध्ययन शुल्क बढाएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा यस वर्षदेखि नै लागू हुनेगरी आगामी दुई वर्षका लागि शुल्क निर्धारण गरिएको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जानकारी दिए ।

जसअनुरुप अब एमबीबीएसतर्फको काठमाडौं उपत्यकाभित्र शुल्क ४० लाख २३ हजार २ सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकिएको छ ।

यस्तै, बीडीएसतर्फ २० लाख १९ हजार ५ सय ८० रुपैयाँ तोकिएको छ ।

चिकित्सा शिक्षा ऐनमा प्रत्येक दुई वर्षमा नेपाल राष्ट्र बैंकको मुद्रास्फीतिअनुरुप शुल्क निधारण हुने व्यवस्था छ ।

यसअघि, उपत्यकाभित्र एमबीबीएसतर्फ ३८ लाख ५० हजार तोकिएको थियो भने उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क थियो । यस्तै, बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ निर्धारण थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : ३२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज