‘बादशाह जुट’ को सुसाइड गीत (भिडियो) « Khabarhub

‘बादशाह जुट’ को सुसाइड गीत (भिडियो)


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बादशाह जुट’ मा समावेश ‘सुसाइड गीत’ बोलको गीत सार्वजनिक गरिएको छ । कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने फिल्मको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कोशिश क्षेत्री र रुपक डोटेलको स्वर सुन्न सकिन्छ भने कोशिश क्षेत्रीको संगीत रहेको छ । यस्तै निर्देशक जोनी सिंहले शब्द लेखेका छन् ।

फिल्म रिलिज मिति नजिकिँदै गर्दा चलचित्र टिमले प्रचारलाई पनि व्यस्त बनाएको छ । सोही प्रचारलाई फाइदा पुग्ने हेतुले फिल्ममा समावेश गीत सार्वजनिक गरिएको हो ।

अभिषेक शाषी कुमारको लेखन रहेको फिल्मलाई हर्कबहादुर कुवँर र भोजराज श्रेष्ठले निर्माण गरेका हुन् ।

जोनी सिंह रानाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा आमिर गौतम, सुशील श्रेष्ठ, रविन तामाङ, रश्मी पाण्डे, कमलमणि नेपाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मले यसअघि सार्वजनिक गरेको ट्रेलरले औसत प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १० : १८ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री