रोमानियाविरुद्ध स्पेनको शानदार जित « Khabarhub

रोमानियाविरुद्ध स्पेनको शानदार जित


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनले युरोकप छनोटको अन्तिम खेलमा शानदार जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा स्पेनले रोमानियालाई ५–० गोल अन्तरले हराएको हो ।

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै स्पेनले छनोट प्रतियोगिताको अन्त्य गरेको छ । खेलको आठौं मिनेटमा फेबियन रुईजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । जेरार्ड मोरिनोले लगातार दुई गोल गर्दै स्पेनलाई ३–० ले अघि बढाए ।

एड्रियन रसले ४५ औ मिनेटमा आत्मघाती गोल गरेपछि स्पेन पहिलो हाफमै ४–० ले अघि बढ्यो । दोस्रो हाफको ईन्जुरी समयमा मिकेल आयारजाबालले गोल गर्दै स्पेनलाई प्रभावशाली जित दिलाए । समूह एफको खेलमा स्पेन र स्विडेनले युरोकपमा छनोट भईसकेका छन् ।

स्पेनले १० खेलबाट २६ अंक र समूह उपविजेता स्विडेनले २१ अंक बटुले । रोमानिया १४ अंक सहित चौथो स्थानमा रह्यो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ६ : ०४ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण