तरुणदलका नगरसभापति जेल चलान « Khabarhub

तरुणदलका नगरसभापति जेल चलान


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने एक लाख ५० हजार धरौटी माग गरिएको छ । सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत कात्तिक १४ गते राति साढे ८ बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ७ : ३९ बजे

सदनमा अमर्यादित गतिविधि गर्ने सांसदमाथि सभामुखको ध्यानाकर्षण, बनाए समिति

काठमाडौं– प्रतिनिधिसभामा आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन

ग्रेस फार्मास्युटिकल्सको भिटामिन डी-क्याल्सियम बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै क्याल्सियम

बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

काठमाडौं– काठमाडौं महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९

बजेटले बिच्कियो स्वास्थ्य क्षेत्र, बिरामीमाथि रोगसँगै करको भार

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१

दिल्ली पुगेका रविलाई भाजपा महासचिवले गरे स्वागत

काठमाडौं- भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति