सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित नपार्दा जोखिम बढ्दै | Khabarhub Khabarhub

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित नपार्दा जोखिम बढ्दै


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उज्वल भविष्यको परिकल्पनासहित वैदेशिक रोजगारमा जानेको पीडा दिनप्रतिदिन बढ्दो छ । नेपालमा धेरै दुःख पाएर सुखको खोजीमा वैदेशिक रोजगारमा जानेका यस्ता गुनासा पनि बढ्न थालेका छन् ।

यस्तै गुनासो र पीडा छ झापाकी संगीता बजगाईं (नाम परिवर्तन)को । उनी २ पटक वैदेशिक रोजगारीमा गएर फर्किएकी हुन् । पहिलो पटक ५ वर्ष लेबलान बसेर फर्किएकी उनी लेबनानको कमाईले गाउँ मै केरा खेती गरिन् ।

राम्रो उत्पादन नभएपछि उनले फेरि वैदेशिक रोजगारी नै रोजिन र युएई पुगिन । युएई पुगेपछि आफूले पाएको शारीरिक र मानसिक पीडा लिएर न्याय खोज्दै वैदेशिक रोजगार विभाग आइपुगेकी छन् ।

वैदेशिक रोजगारीले दिएको पीडा

माओवादी द्वन्द्वकालमा श्रीमान गुमाएकी संगीताको जिम्मेवारी बढेसँगै पीडादायी जीवनपनि त्यहीँबाट शुरु भयो । श्रीमानको युद्धका क्रममा ज्यान गएपछि छोरा र परिवारको जिम्मेवारी उनको काँधमा आयो । यही जिम्मेवारी पूरा गर्न उनी लेबनान लागिन । जहाँ उनले ५ वर्ष बिताईन ।

५ वर्ष लेबनानमा बसेर कमाएको पैसाले उनले झापा मै केराखेती शुरु गरिन् । केरा खेतीबाट आम्दानीभन्दा घाटा धेरै हुन थालेपछि फेरि वैदेशिक रोजगारी नै रोज्न बाध्य भइन् । ‘गाउँ मै केही गरौं भनेर केरा खेती शुरु गरे,’ उनले भनिन्, ‘तर विचौलियाका कारण आफ्नो लगानी भन्दा आम्दानी कम भएपछि विदेशिन बाध्य भइयो । विदेशले नपाउनुको दुःख दियो । अब न्याय पाइन्छ कि भन्दै यता उता भौँतारिँदैछु । तपाईंहरुले पनि सहयोग गरिदिनुहोला ।’

केरा व्यापारमा विचौलियाको विगविग भएपछि पुनः वैदेशिक रोजगारीका लागि उनी युएई गइन । युएईमा कामसँगै धेरै शारीरिक र मानसिक समस्या पाएको भन्दै उनले आफूलाई विदेश पठाउने एजेन्ट विरुद्ध उजुरी गर्न उनी बैदेशिक रोजगार विभाग आइपुगेकी छन् ।

‘नेपालमा भन्दा राम्रो कमाइ हुने आसमा २७ महिनाअघि युएई रोजगारीका लागि पुगेकी थिएँ । त्यहाँ क्यान्टिनमा काम थियो । क्यान्टिनमा सरसफाई र तरकारी काटने काम गरेँ’, उनले आफूले गरेको कामको फेयरिस्ता सुनाउँदै भनिन्,‘करिब दैनिक १२ घन्टा काम गर्नु गर्थ्यौ । क्यान्टिनमा धेरै पुरुष श्रमिक थिए । हामी ४ जनामात्र महिला थियौं । साहुको सालो र भाइले त्यो क्यान्टिनको रेखदेख गदै आएको थिए । उनीहरुले नै हामीलाई कहिल्यै नपाउने पीडा र दुःख दिए ।’

उनले २७ महिनासम्म आफूले काम गर्ने क्यान्टिन भित्र म बलाकृत भएर कष्टका साथ नेपाल फर्किएको सुनाइन् । काम गर्दा आफूले चाहेको बेला फोन गर्न नपाउने र भनेजति बोल्न नपाइने गुनासो पनि उनले गरिन् । ‘हप्तामा एक पटक मात्र फोन घरमा गर्ने पाइन्थियो । त्यो पनि १० मिनेटभन्दा बोल्न मिल्दैन थियो’, गहभरी आँसु पार्दै उनले भनिन् ।

संगीतालाई पाँचथरका पान्डव लिम्बु (पदम) ले १ लाख ९० हजार लिएर युएई हस्पिटलमा सरसफाई गर्ने काम भनेर क्यान्टिनमा झुकाएर पठाएको उनको भनाइ छ । विदेशमा इज्जत लुटाएर नेपाल फर्किएपछि न्याय पाउने आशमा वैदेशिक रोजगार विभागमा उजुरी गर्ने आएको संगीताले बताइन् ।

आफूलाई फसाउने एजेन्टको नाममा उजुरी दिएको संगीताले बताइन् । नेपाली चेलीबेटीलाई बेच्नमाथि कानूनी कारवाही हुनुपर्ने उनको माग छ । संगीतालाई विभागमा भेटेर कुराकानी गरिएको हो ।

जीवनमा धेरै समस्या भोगेको र हन्डर खाएको संगीता सुनाउछिन् । जता गयो उत्तै फसाउने मात्र भेटिने गरेको उनको गुनासो छ । ‘पहिलेको एउटा उखान थियो । हुनलाई जाँहीतही नहुनेलाई कहिनकहिँ भने जस्तै भएको छ मेरो जीवनमा । एउटा छोरा छ र मात्र बाँचेको छु नत्र पहिला नै आत्महत्या गर्दथिए । यस्तो दु:ख त गर्नुपर्ने थिएन ।’ एकल महिला भएका कारण सबैले फाइदा लिन मात्र खोज्ने गरेको उनको गुनासो छ ।

‘२०६० सालमा तत्कालीन माओवादी युद्धमा श्रीमान होमिएका थिए । श्रीमानको इलाममा सेनाको कारवाहीमा मृत्यु भएको खबर पाएको थिए । त्यो भन्दा अरु केही थाहा छैन । साथमा एक जना छोरा छ । उसलाई पढाउन र हुकाउन जिम्मा मेरो काँधमा आयो । त्यसपछि बाध्यताले विदेसिए,’ उनले भनिन, ‘म २१ वर्षको हुँदा श्रीमानको मृत्यु भएको थियो । त्यसपछि जीवन पीडा र कष्टमय बितिरहेको छ । एकल महिला भएर बाच्न धेरै गाह्रो हुँदो रहेछ । एकतिर परिवारले राम्रो नमान्ने भने अर्को तिर समाजले पनि हेर्ने नजर बेग्लै हुन्छ । जसका कारण समाजभन्दा धेरै बाहिर बस्नुपर्ने अवस्था आउँछ ।’

विदेशमा रहेका कतिपय नेपालीहरु स्वार्थी हुन्छन् । मलाई पनि एउटा स्वार्थी पुरुषले शारीरिकको लोभले नेपाल फकाउन सहयोग गरेको संगीताको आरोप छ । क्यान्टिनबाट बाहिर निकाल्न सहयोग त गर्‍यो तर, मलाई पनि क्यान्टिनका साहुको सालो र भाइले जस्तै व्यवहार गरेर मात्र छोडेको उनको भनाइ छ ।

एकल महिलालाई हेर्ने समाज र परिवारको दृष्टीकोण फरक हुदाँ मजस्ता धेरै महिला विदेशिने गरेको उनको भनाइ छ । सरकारले एकल महिलालाई भत्ता होइन रोजगारी र उनीहरुको सन्तानलाई शिक्षा दिनुपर्ने संगीताको बुझाई छ । म जस्ता धेरै उमेरमा श्रीमान र परिवारबाट टाढिएका महिला बिचल्लीमा परेको संगीता बताउँछिन् । राज्यकै कारण धेरै नेपाली महिला रोजगारीका नाममा तस्करी सिकार भइरहेको उनको आरोप छ । वैदेशिक रोजगारी नाममा संगीता एक प्रतिनिधि पात्र मात्र हुन् उनी जस्ता धेरै महिला यो क्षेत्रमा फस्ने गरेका छन् ।

वैदेशिक रोजगारीमा जोखिम बढ्दै

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने दाबी गरेपनि प्रभावकारी कार्यान्वयन नहुँदा बाध्यकारी वैदेशिक रोजगारीमा जाने कामदार विभिन्न जोखिममा पर्ने गरेका छन् ।

यो संख्दा बढ्दै गएपनि नियामक निकायले प्रभावकारी कदम चाल्न सकेको छैन् । रोजगारी पीडितले पनि सरकारले नै आफ्ना माग सम्बोधन गर्न सक्ने भन्दै सबैलाई पीडाबाट मुक्त हुने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिन्छन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या वार्षिक रुपमा बृद्धि हुँदै गएको छ । संख्या बढेसँग समस्या पनि बढिरहेको पाइन्छ । रोजगारीको खोजीमा विभिन्न देश पुगेका नेपाली समस्या, अलपत्र, अंगभंग र मृत्यु पनि हुने क्रम बढदो छ । यस्ता समस्या प्रति सरकारले खासै चासो दिएर काम गरेको देखिदैन । वैदेशिक रोजगारीका नाममा मानव तस्करी पनि बढीरहेको छ । विगत केही वर्षयता रोजगारीका नाममा नेपाली महिला दलालले विभिन्न देशमा तस्करी गरिरहेका छन् ।

नेपालबाट भारत हुँदै खाडीका देश, मलेसिया, अप्रिका, युरोप र युद्धग्रस्त देशमा नेपाल महिलाहरु तस्करी भइरहेको छ । नेपाली भारत, चीन र बंगलादेशको बाटो भएर तस्करी हुने गरेका छन् । यस्ता समस्यालाई सरकारले गम्भीर रुपमा हेरेको छैन । जसका कारण रोजगारीका नाममा नेपालमा जोखिम धेरै देखिन्छ ।

नेपाली महिला खाडीका देश मात्र होइन पछिल्लो समय चीन समेत तस्करी हुने गरेका छन् । विदेशमा बसेर धेरै एजेन्ट नेपालबाट महिलाको तस्करी गदै आएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १० : १५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको