कालभैरव जयन्ती : को हुन् कालभैरव ? पूजा गर्नाले भय पनि भाग्दछ « Khabarhub

कालभैरव जयन्ती : को हुन् कालभैरव ? पूजा गर्नाले भय पनि भाग्दछ


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मंसिर कृष्णपक्षको अष्टमी तिथिमा कालभैरव अष्टमी अर्थात कालभैरव जयन्ती मनाइन्छ ।

कालभैरव अष्टमीमा गरिने पूजा तथा उपासनाले रोग, भय, संकट र दुख हरण हुने विश्वास गरिन्छ । काल र भैरव मिलेर बनेको कालभैरवको अर्थ काल अर्थात मृत्युको भय हर्ने भन्ने हुन्छ । कालभैरवको पूजा गर्दा मृत्युको भय दूर हुने र कष्टबाट मुक्ति पाइने गरिन्छ । कालभैरव भगवान शिवको रौद्र रूप हो ।

भगवान शिव भैरव रूपमा प्रकट भएको अद्भुत कथा छ । एक पटक देवताले ब्रम्हालाई प्रश्न गरे, यस चराचर जगतका अविनाशी तत्व को हुनुहुन्छ ? जसको आदि तथा अन्त कसैलाई थाहा छैन ।

यस प्रश्नमा ब्रम्हाले सृष्टिको सिर्जना आफूले गरेको हुनाले ब्रम्हा बिनाको संसारको कल्पना गर्न नसकिने भन्दै जगतको अविनाशी तत्व आफू भएको बताउनु भयो ।

देवताले यही प्रश्न भगवान विष्णुलाई पनि गरे । विष्णुले पनि यस चराचर जगतको भरण पोषण तथा पालन गर्ने भएकाले अविनाशी तत्व आफू भएको बताउनु भयो ।

यस विषयमा अन्यौलमा परेका देवताले सत्यता बुझ्न चारै वेदलाई बोलाए । चारै वेदले एकै स्वरमा जसको भित्र पूरा चराचर जगत छ, जसमा भूत, भविष्य र वर्तमान सम्मेलित भएको छ, जसको कुनै आदि अन्त छैन, जो अजन्म छ, जो जीवनमरण, सुखदुःखबाट पर छ, देवतादानव जसको समान रूपले पूजा गर्छन्, उहाँ अविनाशी भगवान रूद्र रुप हुनुहुन्छ भने ।

वेदद्वारा शिवको बारेमा यस्तो वाणी सुनेपछि ब्रम्हाको पाचौँ मुखले शिवका विषयमा केही अपमानजनक शब्द बोले, यो सुनेर चारै वेद अति दुखी भए । सोही समयमा दिव्यज्योति रूपमा भगवान रूद्र प्रकट हुनुभयो ।

ब्रम्हाले भन्नुभयो रूद्र मेरो शरीरबाट पैदा भएका हौ, अधिक रोदनका कारण मैले तिम्रो नाम रूद्र राखेको हुँ । अतः तिमी मेरो सेवामा आउ, ब्रम्हाको यस आचरणप्रति शिव भगवान क्रोधमा आउनु भयो । र उहाँले भैरव नामक शक्ति उत्पन्न गरी ब्रम्हामा शासन गर्न आदेश दिनु भयो । दिव्यशक्ति सम्पन्न भैरवले आफ्नो बायाँ हातको कान्छी औँलाको नङले शिवप्रतिको अपमानजनक शब्द भन्ने ब्रम्हाको पाचौँ शिर काटी दिए । परिणामस्वरूप भैरवलाई ब्रम्ह हत्याको पाप लाग्यो ।

शिवको आदेशमा भैरव काशी प्रस्थान गरे, जहाँ उनले ब्रम्ह हत्याबाट मुक्ति पाए । र, पछि रुद्रले भैरवलाई काशीको कोतवाल नियुक्त गरे । आज पनि काशीको कोतवालको रुपमा पूजा गरिन्छ । भैरवको दर्शन बिना विश्वनाथ दर्शन अधूरो मानिन्छ ।

भगवान शिवको क्रोधाग्निको विग्रह रूप मानिने कालभैरवको प्राकट्य पर्व मंसिर महिनाको कृष्णपक्षको अष्टमीमा मनाउने गरिन्छ ।

यस दिन मध्याह्नमा भगवान शिवको अंशका रुपमा उत्पत्ति भएका भैरव शिवको पाचौँ अवतार मानिन्छ ।

भैरवको पनि दुई रुप मानिन्छ, पहिलो बटुकभैरव जो भक्तलाई निर्भयता प्रदान गर्ने र दोस्रो कालभैरव आपराधिक प्रवृत्तिमा नियन्त्रण गर्ने भयंकर दण्डनायक मानिन्छ ।

बभैरवको पूजा आराधना गर्नाले नकारात्मक ऊर्जा, जादू, टुनामुना, भूतप्रेत लगायतको भयबाट बचाउने हुन्छ । कालभैरवको पूजा गर्नाले मात्र पनि भय आफँै डराएर भाग्ने गर्दछ । कालभैरव आफैँमा भयलाई समेत भयभित राख्ने क्षमता राख्दछन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १२ : ३६ बजे

अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

चितवन– बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ल्याउन तथा लिन आउने सवारीसाधनले १५

स्वर्णिमले भने- ४८ सालपछि पहिलोपटक महत्वाकांक्षी आर्थिक सुधार भएको छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनः स्थापित

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण