चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण « Khabarhub

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन १ गते २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको रहेको सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ थपिएको हो ।

समीक्षा अवधिमा सरकारको आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब ९६ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने बाह्य ऋण दायित्व १४ खर्ब ५३ अर्ब ४५ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा सरकारले १ खर्ब ३८ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको छ भने १२ खर्ब ७६ अर्ब ११ करोड ७० लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको छ ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले ५७ अर्ब ९५ करोड ५२ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको कार्यालयले जनाएको छ । साथै, सो सरकारले ७१ अर्ब ८५ करोड ९४ लाख रुपैयाँ सार्वजनिक ऋणको सावाँ ब्याज भुक्तानी गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो जसमा कात्तिक मसान्तसम्म वार्षिक लक्ष्यको २३.२९ प्रतिशत ऋण परिचालन गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ३४ बजे

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु