गुलाफको अनेक रंग : प्रेमदेखि बिछोडसम्मको अर्थ « Khabarhub

गुलाफको अनेक रंग : प्रेमदेखि बिछोडसम्मको अर्थ


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रेम अर्थात मन परेको व्यक्तिप्रतिको आर्कषण वा सद्भावको भावना हो । प्रेम अभिव्यक्त गर्ने अनेकौं माध्यम मध्ये एक हो गुलाफको फूल दिएर आफ्नो भावना व्यक्त गर्नु ।

हुन त गुलाफ एउटा फूलको प्रजाति हो । तर यस फूललाई प्रेमको प्रतिकका रुपमा प्रयोग गरिन्छ । कुन रंगको गुलाफले के को प्रतिक झल्काउँछ त ? हेरौँ रंग अनुसारको गुलाफ फूलको जानकारी ।

१. रातो गुलाफ : प्रेम र क्षमताको प्रतिक

रातो गुलाफ प्रेमको प्रतिकको रुपमा मानिन्छ । प्रेम दर्शाउन सबैभन्दा बढी रातो रंगको गुलाफ दिने चलन छ । यदि कसैले तपाईंलाई रातो गुलाफ दियो भने यसले उ तपाईलाई प्रेम गर्छ भन्ने दर्शाउँछ । रातो गुलाफको आदान–प्रदान हुनुको अर्थ दुवै पक्षबीच प्रेम छ भन्ने हो । यो संगै रातो गुलाफ क्षमताको प्रतिकका रुपमा पनि मानिन्छ ।

२. गुलाबी गुलाफ : मित्रता र मुटुको प्रतिक

गुलाफी गुलाफ मुटुको धड्कनको प्रतिक हो । यदि तपाईंलाई कसैले गुलाबी गुलाफ दियो भने यसको अर्थ ती व्यक्तिका लागि तपाई मुटुको धड्कन बराबरको हुनुहुन्छ भन्ने जनाउँछ । यसका साथै गुलाबी रगंको गुलाफले सुन्दरता जनाउँछ । हल्का गुलाबी रगंको गुलाफले सहानुभुति र गाढा गुलाबी रगंको गुलाफले कृतज्ञता झल्काउछ ।

३. पहेँलो गुलाफ : मित्रताको प्रतिक

पहेँलो गुलाफ मित्रताको प्रतिक हो । यो गुलाफ विशेषत:मित्रता गाँस्न वा मित्रता बीच आएको फाटो कम गर्न दिइने गरिन्छ । पहेँलो गुलाफ जसलाई पनि दिन सकिन्छ । यसले प्रेम वा अरु कुनै नकारात्मक भाव झल्काउँदैन । यो स्वच्छ मित्रताको प्रतिक हो ।

४. सेतो गुलाफ : सत्य, शान्ति र साँचो प्रेमको प्रतिक

सेतो गुलाफ साचो प्रेम र स्वच्छ हृदयको प्रतिक हो । यसले कसैले गरेको चोखो र साँचो माया जनाउँछ । यसका साथै सेतो गुलाफ सत्य, शान्तिका रुपमा मानिन्छ । सेतो रंग आफैमा शुद्ध, सरलता र शान्तिको प्रतिक हो ।

५. कालो गुलाफ : बिदाईको प्रतिक

कालो गुलाफ विदाई, बिछोड वा माया मरेको प्रतिक हो । यदि कसैले कालो रंगको गुलाफ दियो भने उसले तपार्इंलाई छाड्न चाहेको, माया मारेको वा तपार्इंबाट टाढा हुन खोजेको दर्शाउँछ । कालो रंग आफैमा नकारात्मक वा विरोधको रंगको रुपमा मानिन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १२ : ५८ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका