गुलाफको अनेक रंग : प्रेमदेखि बिछोडसम्मको अर्थ | Khabarhub Khabarhub

गुलाफको अनेक रंग : प्रेमदेखि बिछोडसम्मको अर्थ


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रेम अर्थात मन परेको व्यक्तिप्रतिको आर्कषण वा सद्भावको भावना हो । प्रेम अभिव्यक्त गर्ने अनेकौं माध्यम मध्ये एक हो गुलाफको फूल दिएर आफ्नो भावना व्यक्त गर्नु ।

हुन त गुलाफ एउटा फूलको प्रजाति हो । तर यस फूललाई प्रेमको प्रतिकका रुपमा प्रयोग गरिन्छ । कुन रंगको गुलाफले के को प्रतिक झल्काउँछ त ? हेरौँ रंग अनुसारको गुलाफ फूलको जानकारी ।

१. रातो गुलाफ : प्रेम र क्षमताको प्रतिक

रातो गुलाफ प्रेमको प्रतिकको रुपमा मानिन्छ । प्रेम दर्शाउन सबैभन्दा बढी रातो रंगको गुलाफ दिने चलन छ । यदि कसैले तपाईंलाई रातो गुलाफ दियो भने यसले उ तपाईलाई प्रेम गर्छ भन्ने दर्शाउँछ । रातो गुलाफको आदान–प्रदान हुनुको अर्थ दुवै पक्षबीच प्रेम छ भन्ने हो । यो संगै रातो गुलाफ क्षमताको प्रतिकका रुपमा पनि मानिन्छ ।

२. गुलाबी गुलाफ : मित्रता र मुटुको प्रतिक

गुलाफी गुलाफ मुटुको धड्कनको प्रतिक हो । यदि तपाईंलाई कसैले गुलाबी गुलाफ दियो भने यसको अर्थ ती व्यक्तिका लागि तपाई मुटुको धड्कन बराबरको हुनुहुन्छ भन्ने जनाउँछ । यसका साथै गुलाबी रगंको गुलाफले सुन्दरता जनाउँछ । हल्का गुलाबी रगंको गुलाफले सहानुभुति र गाढा गुलाबी रगंको गुलाफले कृतज्ञता झल्काउछ ।

३. पहेँलो गुलाफ : मित्रताको प्रतिक

पहेँलो गुलाफ मित्रताको प्रतिक हो । यो गुलाफ विशेषत:मित्रता गाँस्न वा मित्रता बीच आएको फाटो कम गर्न दिइने गरिन्छ । पहेँलो गुलाफ जसलाई पनि दिन सकिन्छ । यसले प्रेम वा अरु कुनै नकारात्मक भाव झल्काउँदैन । यो स्वच्छ मित्रताको प्रतिक हो ।

४. सेतो गुलाफ : सत्य, शान्ति र साँचो प्रेमको प्रतिक

सेतो गुलाफ साचो प्रेम र स्वच्छ हृदयको प्रतिक हो । यसले कसैले गरेको चोखो र साँचो माया जनाउँछ । यसका साथै सेतो गुलाफ सत्य, शान्तिका रुपमा मानिन्छ । सेतो रंग आफैमा शुद्ध, सरलता र शान्तिको प्रतिक हो ।

५. कालो गुलाफ : बिदाईको प्रतिक

कालो गुलाफ विदाई, बिछोड वा माया मरेको प्रतिक हो । यदि कसैले कालो रंगको गुलाफ दियो भने उसले तपार्इंलाई छाड्न चाहेको, माया मारेको वा तपार्इंबाट टाढा हुन खोजेको दर्शाउँछ । कालो रंग आफैमा नकारात्मक वा विरोधको रंगको रुपमा मानिन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १२ : ५८ बजे

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला

यस्तो छ रजनीकान्तको फिल्म ‘कुली’मा आमिर खानको लुक्स

काठमाडौं – दक्षिण भारतीय नायक रजनीकान्तको फिल्म ’कुली’मा बलिउड नायक

कांग्रेस बैठकमा नेताहरूलाई सुझाव- कार्यकार्ता असन्तुष्ट छन्, कार्यशैली सुधार्नुस्

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा