बौद्धनाथमा चिनियाँ लामाको विवाद– छानबिन गर्न ५ सदस्यीय समिति गठन « Khabarhub

बौद्धनाथमा चिनियाँ लामाको विवाद– छानबिन गर्न ५ सदस्यीय समिति गठन


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा गठन भएको समितिमा गृह, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रतिनिधि, गुठी संस्थान र पुरातत्व विभागका प्रतिनिधि सदस्य छन् ।

समितिलाई बौद्ध घ्याङ गुठीका चिनियाँ लामा विवादलगायत विषयमा छानबिन गर्ने जिम्मेवारी दिइएको समिति सदस्य एवं गुठी संस्थानका उपप्रशासक हरिप्रसाद जोशीले जानकारी दिए ।

संस्कृति मन्त्रालयले गठन गरेको बौद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वमा बौद्ध क्षेत्रमा क्रियाशील संस्थाले हाल बौद्ध घ्याङ गुठीका चिनियाँ लामा भूपतिबज्र लामालाई बौद्ध क्षेत्र प्रवेशमै रोक लगाएपछि विवाद सार्वजनिक भएको थियो ।

चिनियाँ लामाको नागरिकतालगायत विषयमा पनि विवाद उठेको छ । विवादपछि बौद्धनाथ क्षेत्र विकास समितिलगायत संस्थाले पूर्णबहादुर लामालाई बौद्ध घ्याङ गुठीको पूजाआजा गर्ने गरी जिम्मेवारी दिएको थियो ।

चिनियाँ लामाको विरोधमा सङ्घर्ष समितिसमेत गठन गरिएको थियो । खड्गजीत लामाको संयोजकत्वमा दशैँअघि सङ्घर्ष समिति बनाई विरोध भएको थियो । विरोधका क्रममा चिनियाँ लामालाई गुठी प्रवेशमा रोक लगाइएको थियो ।

यसअघि भूमि मन्त्रालयका उपसचिव नीरज पौडेलको संयोजकत्वमा पनि बौद्धको चिनियाँ लामा विवाद सम्बन्धमा छानबिन गर्न समिति गठन भएको थियो । समितिले प्रतिवेदन दिन नसकेपछि अर्को समिति गठन गरिएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  २ : ३२ बजे

स्वास्थ्य क्षेत्रमा भएका बेथितिहरूविरुद्ध पुनः अनसन बस्ने डा. केसीको चेतावनी 

काठमाडौं– वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द

विश्वकप फाइनलमा सबैभन्दा धेरै खेलाडी एट्लेटिको म्याड्रिडका, बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदै गर्दा

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता

काठमाडौं– २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक