सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने « Khabarhub

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । होटलले चुक्ता पूँजीको कूल ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

त्यस आधारमा शेयरधनीले कूल ८ करोड २९ लाख ८ हजार २ रुपैयाँको नगद लाभांश प्राप्त गर्नेछन् । यस्तै शेयर लाभांशतर्फ चुक्तापूँजीको १५ प्रतिशत अर्थात् १ करोड ९ लाख ९० हजार १३१ कित्ता शेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

होटलले आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल होटलको ७३ करोड २६ लाख ७ हजार ८ कित्ता शेयर सूचीकृत छ ।

यस्तै, बजार पूँजीकरणका आधारमा होटलको शेयर मूल्य १४ अर्ब ९४ करोड ६४ लाख ६९ हजार ६ सय ३२ रुपैयाँ बराबरको रहेको छ । स्टकमा होटल समूहका चार कम्पनी सूचीकृत छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ५ : ४७ बजे

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : हर्क साम्पाङ

खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले