मुख्यमन्त्री राईले गरे अस्पताल अनुगमन | Khabarhub Khabarhub

मुख्यमन्त्री राईले गरे अस्पताल अनुगमन


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जिल्ला अस्पताल भोजपुरको अनुगमन गरेका छन् ।

मुख्यमन्त्री राईले अनुगमनपश्चात् जिल्ला अस्पतालमा चिकित्सकका कारण बन्द रहेको शल्यक्रियाबाट गरिने प्रसूति सेवा सञ्चालनमा ल्याउन पहल गर्ने बताए ।

अस्पतालमा विभिन्न मेशिन तथा उपकरण एवं दरबन्दी अनुसारका कर्मचारी नभएको कारण स्वास्थ्य सेवा दिन समस्या रहेको डाक्टरहरुले बताएपछि त्यसका लागि पहल बताए ।

जिल्ला अस्पतालका डाक्टर पवित्रा श्रेष्ठले जिल्ला अस्पतालमा रहेका विभिन्न समस्याबारे मुख्यमन्त्री राईलाई जानकारी गराएकी थिइन् । कर्मचारीको समायोजनले स्वास्थ्यकर्मी बाहिर सरुवा भएर गएको कारण सेवा प्रवाहमा समस्या रहेको डाक्टर पवित्रा श्रेष्ठले जानकारी गराए ।

मुख्यमन्त्रीले अनुगमन गरेपश्चात् अस्पतालको बन्द रहेको शल्यक्रियाबाट गरिने प्रसूति सेवा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्काले बताए ।

 

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ७ : ०५ बजे

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई विशेष अदालतले

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको