मुख्यमन्त्री राईले गरे अस्पताल अनुगमन « Khabarhub

मुख्यमन्त्री राईले गरे अस्पताल अनुगमन


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जिल्ला अस्पताल भोजपुरको अनुगमन गरेका छन् ।

मुख्यमन्त्री राईले अनुगमनपश्चात् जिल्ला अस्पतालमा चिकित्सकका कारण बन्द रहेको शल्यक्रियाबाट गरिने प्रसूति सेवा सञ्चालनमा ल्याउन पहल गर्ने बताए ।

अस्पतालमा विभिन्न मेशिन तथा उपकरण एवं दरबन्दी अनुसारका कर्मचारी नभएको कारण स्वास्थ्य सेवा दिन समस्या रहेको डाक्टरहरुले बताएपछि त्यसका लागि पहल बताए ।

जिल्ला अस्पतालका डाक्टर पवित्रा श्रेष्ठले जिल्ला अस्पतालमा रहेका विभिन्न समस्याबारे मुख्यमन्त्री राईलाई जानकारी गराएकी थिइन् । कर्मचारीको समायोजनले स्वास्थ्यकर्मी बाहिर सरुवा भएर गएको कारण सेवा प्रवाहमा समस्या रहेको डाक्टर पवित्रा श्रेष्ठले जानकारी गराए ।

मुख्यमन्त्रीले अनुगमन गरेपश्चात् अस्पतालको बन्द रहेको शल्यक्रियाबाट गरिने प्रसूति सेवा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्काले बताए ।

 

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ७ : ०५ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको