सुदूरपश्चिमममा भूकम्पको धक्का « Khabarhub

सुदूरपश्चिमममा भूकम्पको धक्का


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सुदूरपश्चिम भूकम्पको धक्क महसुस गरिएको छ ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार डोटीको दीपायल केन्द्रबिन्दू बनाएर ५ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । नेपाली समयानुसार साँझ ७ बजेर १५ मिनेटमा भूकम्प गएको हो ।

सुदूरपश्चिमका पहाडी जिल्लासहित तराईंका कैलाली र कञ्चनपुरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

दीपायल केन्द्र भएर गएको भूकम्पको धक्का भारतमा समेत महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुले भारतीय राज्य उत्तराखण्ड, उत्तर प्रदेश र दिल्लीसम्म भूकम्पको धक्का महसुस भएको जनाएका छन् ।

भूकम्पका कारण कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन ।

प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएपनि क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ७ : ४९ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर