हल्लियो सुदूरपश्चिम, बझाङ केन्द्र बनाए ५.७ रेक्टर स्केलको भूकम्प | Khabarhub Khabarhub

हल्लियो सुदूरपश्चिम, बझाङ केन्द्र बनाए ५.७ रेक्टर स्केलको भूकम्प


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सुदूरपश्चिममा मंगलबार साँझ ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । बझाङ खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर १ पौवागढी केन्द्रविन्दु बनाएर ५.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लासहित तराईंका कैलाली र कञ्चनपुरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

बझाङमा केन्द्र भएर गएको भूकम्पको धक्का भारतमा समेत महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुले भारतीय राज्य उत्तराखण्ड, उत्तर प्रदेश र दिल्लीसम्म भूकम्पको धक्का महसुस भएको जनाएका छन् ।

भूकम्पका कारण कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन ।

प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएपनि क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ८ : ०६ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष