हल्लियो सुदूरपश्चिम, बझाङ केन्द्र बनाए ५.७ रेक्टर स्केलको भूकम्प « Khabarhub

हल्लियो सुदूरपश्चिम, बझाङ केन्द्र बनाए ५.७ रेक्टर स्केलको भूकम्प


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सुदूरपश्चिममा मंगलबार साँझ ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । बझाङ खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर १ पौवागढी केन्द्रविन्दु बनाएर ५.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लासहित तराईंका कैलाली र कञ्चनपुरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

बझाङमा केन्द्र भएर गएको भूकम्पको धक्का भारतमा समेत महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुले भारतीय राज्य उत्तराखण्ड, उत्तर प्रदेश र दिल्लीसम्म भूकम्पको धक्का महसुस भएको जनाएका छन् ।

भूकम्पका कारण कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन ।

प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएपनि क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ८ : ०६ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये