आज मन्त्रिपरिषद् पुनर्गठन हुने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको भनाइ « Khabarhub

आज मन्त्रिपरिषद् पुनर्गठन हुने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको भनाइ


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् ।

हिजो (मंगलबार) साँझ ६ बजे बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद दिँदै बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले सबैमन्त्रीलाई धन्यवाद दिएको जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको जानकारी दिए ।

खबरहबसँगको कुराकानीमा प्रधानमन्त्री केपी शर्माको भनाई उदृत गर्दै मन्त्री बास्कोटाले भने, ‘आज साँझ ६ बजे झण्डै २० मिनेट जति मन्त्रिपरिषद बैठक बस्यो । बैठकमा प्रधानमन्त्री ज्यूले सबै मन्त्रीहरुलाई धन्यवाद दिनुभएको छ । उहाँले भोलि आफूले केहि नयाँ गर्ने पनि जानकारी गराउनुभएको छ ।’

मन्त्रिपरिषद बैठकमा निक्कै भाबुक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले लामो समयको तयारीपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने मनस्थितिमा पुगेका हुन्।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको कारण देखाउँदै सरकारलाई थप चलायमान बनाउन नयाँ निर्णय लिने मनस्थितिमा पुगेका हुन ।

मन्त्रिपरिषदका सबै सदस्यलाई नहटाई केहिमन्त्रीलाई मात्र जिम्मेवारीबाट मुक्त गर्ने तयारीमा प्रधानमन्त्री छन् । स्रोतका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, कृषि मन्त्री चक्रपाणी खनाल, उद्योग मन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा तथा राज्यमन्त्रीहरु धनबहादुर बुढा र रामकुमारी चौधरीलाई हटाउने तयारी गरेका छन् ।

सरकारका कामकारबाहीका विषयमा लामो समयदेखि आलोचना भइरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ९ : ३२ बजे

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन