आज मन्त्रिपरिषद् पुनर्गठन हुने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको भनाइ | Khabarhub Khabarhub

आज मन्त्रिपरिषद् पुनर्गठन हुने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको भनाइ


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् ।

हिजो (मंगलबार) साँझ ६ बजे बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद दिँदै बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले सबैमन्त्रीलाई धन्यवाद दिएको जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको जानकारी दिए ।

खबरहबसँगको कुराकानीमा प्रधानमन्त्री केपी शर्माको भनाई उदृत गर्दै मन्त्री बास्कोटाले भने, ‘आज साँझ ६ बजे झण्डै २० मिनेट जति मन्त्रिपरिषद बैठक बस्यो । बैठकमा प्रधानमन्त्री ज्यूले सबै मन्त्रीहरुलाई धन्यवाद दिनुभएको छ । उहाँले भोलि आफूले केहि नयाँ गर्ने पनि जानकारी गराउनुभएको छ ।’

मन्त्रिपरिषद बैठकमा निक्कै भाबुक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले लामो समयको तयारीपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने मनस्थितिमा पुगेका हुन्।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको कारण देखाउँदै सरकारलाई थप चलायमान बनाउन नयाँ निर्णय लिने मनस्थितिमा पुगेका हुन ।

मन्त्रिपरिषदका सबै सदस्यलाई नहटाई केहिमन्त्रीलाई मात्र जिम्मेवारीबाट मुक्त गर्ने तयारीमा प्रधानमन्त्री छन् । स्रोतका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, कृषि मन्त्री चक्रपाणी खनाल, उद्योग मन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा तथा राज्यमन्त्रीहरु धनबहादुर बुढा र रामकुमारी चौधरीलाई हटाउने तयारी गरेका छन् ।

सरकारका कामकारबाहीका विषयमा लामो समयदेखि आलोचना भइरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ९ : ३२ बजे

राष्ट्रियसभा अध्यक्ष र समितिका सभापतिबीच छलफल

काठमाडौं– बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समिति

विनियोजित बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को

गुल्मी अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता

गुल्मी– रेसुङ्गा नगरपालिकाले विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको

जेन-जी आन्दोलनमा भएको क्षतिग्रस्त संरचना पुन:निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट सघाउने

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षति पुन:र्निर्माणमा ओम शिवम पाइप्स

लिबियाको तटमा डुङ्गा डुब्दा ६१ आप्रवासी बेपत्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले लिबियाको पूर्वी तटमा