यूरोपमा रिट्ठाको माग बढ्दो, प्रति केजी ५ सय १२ यूरोसम्म ! « Khabarhub

यूरोपमा रिट्ठाको माग बढ्दो, प्रति केजी ५ सय १२ यूरोसम्म !


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यूरोपमा रिट्ठाको माग बढ्दै गएको छ । जर्मनीमा प्रशोधित रिट्ठाको मूल्य प्रतिकेजी ५ देखि १२ युरोसम्म पर्ने गरेको जनाइन्छ ।

यूरोपेली देशहरुमा रिट्ठाको धूलो वासिङ मेसिनका लागि उपयुक्त हुनेगरी पाउचमा उपलब्ध गराइन्छ । रिट्ठाबाट बनेको साबुन पनि यूरोपेली बजारमा लोकप्रिय हुँदै गएको छ ।

शाकाहारी समाजले यसको प्रमाणीकरण र प्रवद्र्धनको काम गर्छन् । नेपालले पनि युरोप, अमेरिकालगायत विश्वका ११ देशमा रिट्ठा निर्यात गर्दै आएको छ । नेपालको रिट्ठाको मूल्य भारतमा प्रतिकिलो ६३ रुपैयाँ रहँदा युरोपमा ३८४ रुपैयाँमा निर्यात भइरहेको छ ।

भारतले पनि विश्वभर प्रतिकिलो औसत २२४ रुपैयाँमा रिट्ठा निर्यात गर्दै आएको छ । नेपाली रिट्ठा व्यवस्थित रुपमा निकासी गर्ने रणनीति अपनाएमा अन्तर्राष्ट्रिय बजारमा यसले विशेष स्थान पाउन सम्भावना देखिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ८ : ३८ बजे

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको