ए डिभिजन लिगः दोस्रो चरणका खेल शुक्रबारबाट, पहिलो चरणमा कस्को स्थिति के ? « Khabarhub

ए डिभिजन लिगः दोस्रो चरणका खेल शुक्रबारबाट, पहिलो चरणमा कस्को स्थिति के ?


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरणका खेलहरु सकिएका छन् । दोस्रो चरणका खेल शुक्रबारबाट शुरु हुनेछन् ।

दशरथ रंगशालामा वुधबार मनाङ मर्स्याङ्दी र एपीएफबीचको खेलसँगै पहिलो चरणको खेल सकिएका हुन् । पहिलो चरणको खेल सकिँदा लिगमा सहभागी १४ मध्ये तीन टिमले मात्रै स्पष्ट तीन अंक जोडेका छन् ।

मछिन्द्र र एनआरटीले पनि जितसहित तीन अंक जोडे पनि गत सिजनको अंक तिर्नु पर्ने भएकाले पहिलो खेलमै उक्त अंक घटाइएको हो । तीन अंक जोड्नेमा च्यासल युथ क्लब, नेपाल आर्मी र मनाङ रहेका छन् ।

जितसहित गत संस्करणको अंक तिर्दा मछिन्द्रले २ तथा एनआरटीले १ अंक बनाएको छ । यस्तै नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, जावलाखेल र थ्रीस्टारले भने बराबरी खेल्दै एक एक अंक बनाएका छन् ।

पराजित भएका एपीएफ, फ्रेण्डस, संकटा, व्रिगेड ब्वाईज र सरस्वती युवा क्लबले अंक तालिकामा खाता खोल्न सकेका छैनन् । लिग विजेता टिमले ५० लाख प्राप्त गर्नेछ भने उत्कृष्ट ६ टिमले नगद पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ९ : ०१ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ