ए डिभिजन लिगः दोस्रो चरणका खेल शुक्रबारबाट, पहिलो चरणमा कस्को स्थिति के ? « Khabarhub

ए डिभिजन लिगः दोस्रो चरणका खेल शुक्रबारबाट, पहिलो चरणमा कस्को स्थिति के ?


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरणका खेलहरु सकिएका छन् । दोस्रो चरणका खेल शुक्रबारबाट शुरु हुनेछन् ।

दशरथ रंगशालामा वुधबार मनाङ मर्स्याङ्दी र एपीएफबीचको खेलसँगै पहिलो चरणको खेल सकिएका हुन् । पहिलो चरणको खेल सकिँदा लिगमा सहभागी १४ मध्ये तीन टिमले मात्रै स्पष्ट तीन अंक जोडेका छन् ।

मछिन्द्र र एनआरटीले पनि जितसहित तीन अंक जोडे पनि गत सिजनको अंक तिर्नु पर्ने भएकाले पहिलो खेलमै उक्त अंक घटाइएको हो । तीन अंक जोड्नेमा च्यासल युथ क्लब, नेपाल आर्मी र मनाङ रहेका छन् ।

जितसहित गत संस्करणको अंक तिर्दा मछिन्द्रले २ तथा एनआरटीले १ अंक बनाएको छ । यस्तै नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, जावलाखेल र थ्रीस्टारले भने बराबरी खेल्दै एक एक अंक बनाएका छन् ।

पराजित भएका एपीएफ, फ्रेण्डस, संकटा, व्रिगेड ब्वाईज र सरस्वती युवा क्लबले अंक तालिकामा खाता खोल्न सकेका छैनन् । लिग विजेता टिमले ५० लाख प्राप्त गर्नेछ भने उत्कृष्ट ६ टिमले नगद पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ९ : ०१ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन