अग्नीलाई साक्षी राख्दै ‘सातौं फेरा’मा बेहुलीले विवाह इन्कार गरेपछि… « Khabarhub

अग्नीलाई साक्षी राख्दै ‘सातौं फेरा’मा बेहुलीले विवाह इन्कार गरेपछि…


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापामा सिन्दूर हाल्नेबेलामा हात नचल्दा विवाह भाडिँएको र चार लाख जरिवाना तिराइएको समाचार चर्चामा रहेका बेला एउटा यस्तै अर्को ‘छ फेरा’ घुमिसेकेपछि सातौं फेरा घुम्नै लाग्दा बेहुलीले विवाह अस्वीकार गरेको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पहिलो घटना नेपालको भए पनि पछिल्लो घटना भने भारतको हो । जहाँ बेहुलीले सात फेरा लिनु अघि विवाह इन्कार गरेकी हुन् ।

भारतको कानपुरस्थित सचेंडीको छीतेपुर गाउँ निवासी एक किशानकी छोरीको बिठूरको नारामऊ गाउका एक युवकसंग विवाह तय भएको थियो । बेहुलीको घरमा जन्तीका स्वागतका लागी बाहिर पटाका पट्याएर नाचगान चलिरहेको थियो ।

तर अचानक बेहुलीले विवाह गर्न अस्वीकार गरीन् । तर उनलाई सम्झाई बुझाई विवाहका लागी मनाइयो । जन्ती आए विवाहको प्रकृयाहरु शुरुवात भयो । वैवाहिक प्रकृयाको अग्नी घुमेर सात फेरा लिने कार्यक्रम शुरु भयो ।

बेहुलीले ६ फेरा लिएपछि ७ फेरा लिनुअघि विवाहका लागी पुनः अस्वीकार गरिन् । उनलाई फेरी सम्झाई बुझाई गर्न थालियो । तर उनले विवाह नगर्ने हठ त्यागिनन् । बेहुलीले विवाह गर्न नमाने पछि भब्य तयारीका बिचमा थालिएको विवाहको प्रकृया ठाउँको ठाउँ रोकिएको थियो ।

बेहुलीले किन विवाह गर्न मानिनन् भनेर जस्ती गएका सबैले चासो दिए । अन्ततः प्रहरी बोलाइयो । प्रहरीले बेहुलीले विवाह गर्न नमान्नुको कारण बुझ्न खोज्यो । जब बेहुली विवाहका लागी अस्वीकार गर्नुको कारण बताइन्, तब बेहुलीको हठलाई धेरै स्रहाना गरे ।

विवाहका विवाह मण्डप आउदै गर्दा अचानक जब बेहुलीले बेहुलाको उमेर आफुभन्दा बढि देखिन् तब उनले पहिलो पटक विवाहका लागी अस्किार गरीन् । तर आफन्तले सम्झाएपछि उनी विवाहका लागी तयार पनि भइन् । जब विवाहको प्रकृया शुरु भएको थियो । तर अग्नि साक्षी राखेर फेरा लिने बेलामा बेहुलीले अचानक ७ औं फेरा लिनुअघि कदम रोकिन्, कारण थियो बेहुला मदिरा पिएर विवाह मण्डपमा पुगेका थिए ।

बेहुलीले घटनाबारे जानकारी लिन आएका प्रहरीलाई भनिन्, म भन्दा झण्डै दोब्बर उमेरको मानिससंग विवाह कसरी गरौं । आफन्तले सम्झाएपछि यो कुरा पनि मैले माने तर एक जड्याहासंग म कसरी विवाह गरौं । बेहुलीको यस्तो बयान पछि बेहुली पक्ष तथा प्रहरी पनि उनकै पक्षमा उभिए । अन्ततः विवाह भाँडियो । जन्ती खाली हात फर्किए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ४ : ३९ बजे

कतारले भन्यो : हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन

दोहा – मध्यपूर्व युद्ध सुरु भएदेखि नै अवरुद्ध गरेको ‘स्ट्रेट

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला

रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित

रसुवा – रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका

नीति तथा कार्यक्रममा द्रुत बस सेवा : असफल प्रयोग दोहोर्‍याउने सरकारको तयारी

काठमाडौं– तत्कालीन सरकारले २०८०, असोज ३ अर्थात् संविधान दिवसको अवसरमा

सेनामाथि किन निरन्तर खनिँदैछ एमाले ?

काठमाडौं- नेकपा एमालेले वर्तमान सरकार बन्नुमा नेपाली सेनाको ठूलो हात