अग्नीलाई साक्षी राख्दै ‘सातौं फेरा’मा बेहुलीले विवाह इन्कार गरेपछि… « Khabarhub

अग्नीलाई साक्षी राख्दै ‘सातौं फेरा’मा बेहुलीले विवाह इन्कार गरेपछि…


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापामा सिन्दूर हाल्नेबेलामा हात नचल्दा विवाह भाडिँएको र चार लाख जरिवाना तिराइएको समाचार चर्चामा रहेका बेला एउटा यस्तै अर्को ‘छ फेरा’ घुमिसेकेपछि सातौं फेरा घुम्नै लाग्दा बेहुलीले विवाह अस्वीकार गरेको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पहिलो घटना नेपालको भए पनि पछिल्लो घटना भने भारतको हो । जहाँ बेहुलीले सात फेरा लिनु अघि विवाह इन्कार गरेकी हुन् ।

भारतको कानपुरस्थित सचेंडीको छीतेपुर गाउँ निवासी एक किशानकी छोरीको बिठूरको नारामऊ गाउका एक युवकसंग विवाह तय भएको थियो । बेहुलीको घरमा जन्तीका स्वागतका लागी बाहिर पटाका पट्याएर नाचगान चलिरहेको थियो ।

तर अचानक बेहुलीले विवाह गर्न अस्वीकार गरीन् । तर उनलाई सम्झाई बुझाई विवाहका लागी मनाइयो । जन्ती आए विवाहको प्रकृयाहरु शुरुवात भयो । वैवाहिक प्रकृयाको अग्नी घुमेर सात फेरा लिने कार्यक्रम शुरु भयो ।

बेहुलीले ६ फेरा लिएपछि ७ फेरा लिनुअघि विवाहका लागी पुनः अस्वीकार गरिन् । उनलाई फेरी सम्झाई बुझाई गर्न थालियो । तर उनले विवाह नगर्ने हठ त्यागिनन् । बेहुलीले विवाह गर्न नमाने पछि भब्य तयारीका बिचमा थालिएको विवाहको प्रकृया ठाउँको ठाउँ रोकिएको थियो ।

बेहुलीले किन विवाह गर्न मानिनन् भनेर जस्ती गएका सबैले चासो दिए । अन्ततः प्रहरी बोलाइयो । प्रहरीले बेहुलीले विवाह गर्न नमान्नुको कारण बुझ्न खोज्यो । जब बेहुली विवाहका लागी अस्वीकार गर्नुको कारण बताइन्, तब बेहुलीको हठलाई धेरै स्रहाना गरे ।

विवाहका विवाह मण्डप आउदै गर्दा अचानक जब बेहुलीले बेहुलाको उमेर आफुभन्दा बढि देखिन् तब उनले पहिलो पटक विवाहका लागी अस्किार गरीन् । तर आफन्तले सम्झाएपछि उनी विवाहका लागी तयार पनि भइन् । जब विवाहको प्रकृया शुरु भएको थियो । तर अग्नि साक्षी राखेर फेरा लिने बेलामा बेहुलीले अचानक ७ औं फेरा लिनुअघि कदम रोकिन्, कारण थियो बेहुला मदिरा पिएर विवाह मण्डपमा पुगेका थिए ।

बेहुलीले घटनाबारे जानकारी लिन आएका प्रहरीलाई भनिन्, म भन्दा झण्डै दोब्बर उमेरको मानिससंग विवाह कसरी गरौं । आफन्तले सम्झाएपछि यो कुरा पनि मैले माने तर एक जड्याहासंग म कसरी विवाह गरौं । बेहुलीको यस्तो बयान पछि बेहुली पक्ष तथा प्रहरी पनि उनकै पक्षमा उभिए । अन्ततः विवाह भाँडियो । जन्ती खाली हात फर्किए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ४ : ३९ बजे

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको

काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै