यसरी गर्नुहोस् जाडोमा छालाको स्याहार (१० उपाय सहित) « Khabarhub

यसरी गर्नुहोस् जाडोमा छालाको स्याहार (१० उपाय सहित)


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम छालाका लागि अनुकूल समय मानिँदैन । त्यसैले जाडोको मौसम शुरु भएसंगै छालामा सुख्खापना बढ्दै जान्छ ।

जाडो मौसममा बाहिरी वातावरण सुख्खा हुने भएकाले हाम्रो छालामा पनि त्यसको असर देखा पर्छ । यसरी चिसो मौसममा छालामा विभिन्न समस्याहरु देखापर्छन् । जाडोमा पहिला ओठ सुख्खा हुने समस्या देखापर्दछ । त्यसपछि शरीरका बिभिन्न भागका छालामा समेत यस्तै असर देखापर्ने हुन्छ ।

कतिपय अवस्थामा छाला सुख्खा हुदाँ चिलाउने तथा कहिलेकाही कन्याउदा कन्याउदै घाउ समेत हुने गर्दछ । यस्तो हुनुको पछाडि परिवर्तन भइरहने मौसममा छाला घुलमिल हुन नपाउदै अर्को मौसम शुरु हुनु हो ।

जसबाट बच्न नसके छाला फुट्ने तथा अन्य समस्याहरुको सामना गर्नुपर्ने हुन्छ ।

जाडोमा किन बढ्छ छालामा सुख्खापन ?

जाडोमा हाम्रो शरीरको तापक्रम बाहिरी वातावरणको भन्दा कम हुन्छ । त्यसैले हाम्रो शरीरको ताप वातावरणले तान्न थाल्छ । जसले हाम्रो शरीरबाट पानीको मात्रा छिन्न गराउछ र छाला सुख्खा हुन थाल्दछ । यस्तोमा सबैभन्दा बढी असर पर्ने भागमा अनुहार, हात, खुट्टा लगायतका भाग पर्ने गर्दछन् ।

छाला सुख्खा हुनबाट जोगाउने उपाय

१. जाडो मौसममा पुरा शरीर ढाकिने पहिरन लगाउनु पर्दछ ।
२. यस मौसममा हरियो सागसब्जी खाने तथा प्रशस्त पानी पिउने गर्नुपर्दछ ।
३. छालामा टासिने गरी भित्रि लुगा लगाउदाँ सुती कपडा प्रयोग गर्नुपर्छ ।
४. मनतातो पानि बाहेक धेरै तातो वा चिसो पानिले सीधै नुहाउनु हुदैन ।
५. दुई चम्चा नुनलाई एक बाल्टी मनतातो पानीमा मिसाएर नुहाएमा छाला सुख्खा हुन पाउदैन ।
६. जाडोमा साधारण साबुको सट्टा उच्च मोस्टराइज भएका साबुनको प्रयोग गर्नुपर्छ ।
७. नुहाएपछि हल्का भिजेको शरीरमा तेल वा बडि लोसन लगाउने गर्नु पर्दछ ।
८. यदि हातखुट्टा फुट्ने समस्या भएमा मनतातो पानीमा नुन राखेर डुबाउने गर्नुपर्दछ ।
९. शरीरलाई ओसिलो राख्न तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्दछ ।
१० यदि यि उपायले पनि छालाको सुख्खापना कम भएन भने चिकित्सकको सुझाव लिनुपर्छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ८ : २६ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन