आठबीसकोटका प्रमुख प्रशासकीय र सूचना प्रविधि अधिकृत कुटिए, वडाध्यक्ष पक्राउ « Khabarhub

आठबीसकोटका प्रमुख प्रशासकीय र सूचना प्रविधि अधिकृत कुटिए, वडाध्यक्ष पक्राउ


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम (पश्चिम)को आठविसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ । उनीहरुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

आठविसकोट निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा प्रविधि अधिकृत गणेश चन्दमाथि बुधबार साँझ कुटपिट भएको थियो। उनीहरुलाई कुटपिट गरेको आरोपमा आठबिसकोट–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार, बुधबार कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गर्दा केसी र चन्दमाथि कुटपिट भएको हो ।

कुटपिटबाट केसीको टाउँकोमा चोट लागेको छ । उपचारका लागि केसीलाई जिल्ला अस्पताल, मुसिकोट ल्याइएको छ। त्यस्तै, चन्दलाई भने सामान्य चोटपटक लागेको उनले बताए।

निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले उजुरी दिएपछि वडाध्यक्ष विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडाध्यक्ष विकको योजनामा अन्य व्यक्तिले कुटपिट गरेको उजुरीमा उल्लेख छ। कुटपिटमा संलग्न अन्य युवकको खोजी भइरहेको डीएसपी खड्काले बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि नगरपालिकाको कामकाज ठप्प भएको छ । कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गर्दै आज नगरपालिकाको कामकाज बन्द गरेका छन् । दोषीमाथि कारबाही नहुँदासम्म कामकाज नगर्ने कर्मचारीले बताएका छन्।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १० : ४७ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ