अक्षय कुमारमाथि करीनाले यति थुकिन् कि, फेरि मेकअप गर्नुपर्‍यो « Khabarhub

अक्षय कुमारमाथि करीनाले यति थुकिन् कि, फेरि मेकअप गर्नुपर्‍यो


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार र करीना कपूरको जोडी फिल्म ‘गुड न्यूज’ मा देख्न पाइँदैछ ।

फिल्म शूटिङका बेला खिचिएको भिडियो हालै सार्वजनिक भएको थियो । जुन भिडियोमा फिल्म शूटिङका बेला कलाकारले कति रमाइलो गरे भन्ने देख्न सकिन्थ्यो ।

शूटिङका बेलाको एक रमाइलो किस्सा अक्षय कुमारले हालै सार्वजनिक गरेका छन् । उनले द कपिल शर्मा शो मा एक रमाइलो किस्सा शेयर गर्दै एकपटक आफूले फेरि मेकअप गर्नुपरेको सुनाए ।

एक दृश्यमा करीनाले बच्चालाई जन्म दिएकी हुन्छिन् । त्यतिबेला करीना जोडजोडले चिच्याउनुपर्ने हुन्छ । करीना यति चिच्याइन् कि, उनको मुखबाट थुक नै निस्कियो र अक्षयको अनुहारमा पर्‍यो ।

अक्षयले फेरि दोहोरो मेकअप गर्नुपर्‍यो ।

कमेडी जानराको यो फिल्ममा अक्षय र करीनाका अलावा दिलजीत दोशान्ज र कियारा आडवानीको पनि मुख्य भूमिका छ । फिल्मको रिलिजअघि खुबै चर्चा छ । अक्षय कुमारले सन् २०१९ मा ३ वटा हिट फिल्म दिइसकेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ३ : ०७ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित